जेष्ठ ३०, लायन्स क्लव अफ चितवन लंकूको अध्यक्षमा रामजी पौडेल सर्वसम्मत चयन हुनुभएको छ । सोमबार भरतपुर–४, लंकूमा सम्पन्न उक्त क्लवको दोश्रो वार्षिक साधारणसभाले लायन वर्ष २०१७÷०१८ को लागि रामजी पौडेलको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । क्लवको प्रथम उपाध्यक्षमा सोमनाथ सापकोटा, द्वितीय उपाध्यक्षमा श्रीप्रसाद कंडेल, तृतीय उपाध्यक्षमा नारायण प्रसाद सापकोटा, सचिवमा चेतन कंडेल, कोषाध्यक्षमा भोजनारायण कंडेल, सहसचिवमा हरीप्रसाद खरेल, सहकोषाध्यक्षमा टिकाराम खरेल चयन हुनुभएको छ । त्यसैगरी मेम्बरसिप कमिटि चियरमा प्रजापति सापकोटा, टेमरमा सन्तनारायण कंडेल, टेल ट्वीस्टरमा पुरुसोत्तम सापकोटा र पिआरओमा विजय सापकोटा चयन हुनुभएको छ । क्लवले डाइरेक्टरहरुमा खगराज कंडेल, जगन्नाथ सापकोटा, भुवानन्द सापकोटा, मित्रलाल सापकोटा र कृष्ण प्रसाद सापकोटालाई चयन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बि२ का गभर्नर लायन घनश्याम भट्टराईले सेवा भावनाले प्रेरित भएर आफूभन्दा कमजोरहरुको लागि सेवा गर्नु नै लायन्सबादको मूल सिद्धान्त रहेको बताउनुभयो । विश्वका समस्त मानवहरुमा एकअर्काप्रति समझदारीको भावना जागृत गराउन, सुयोग्य नागरिक एवं असल शासनका सिद्धान्तलाई प्रोत्साहन गर्न, समुदायका नागरिकहरुलाई साँस्कृतिक, सामाजिक तथा नैतिक कल्याणकारी कार्यमा सक्रिय गराउने उदेश्यहरु नै लायन्स क्लवले लिएको बताउनुभयो । हाल संसारभर २११ राष्ट्रमा ४६ हजार बढी लायन्स क्लवहरु र १४ लाख भन्दा बढी लायन सदस्य रहेका छन । नेपालमा हाल करिव ७२५ वटा लायन्स क्लव मार्फत २७ हजार सदस्य क्रियाशील रहेको उहाँले बताउनुभयो । सो कार्यक्रममा क्लवका एक्सटेन्सन चियर पर्सन लायन नारायण प्रसाद सापकोटा, चार्टर्ड प्रेसिडेन्ट लायन भानुभक्त सापकोटा, लायन रामजी पौडेल, लायन भोजनारायण कंडेल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा वार्षिक प्रतिवेदन क्लवका सचिव लायन नारायण प्र. सापकोटाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम क्लवका वर्ष २०१६÷०१७ का अध्यक्ष लायन हरिदास सापकोटाको अध्यक्षतामा सम्पन भएको थियो ।
नारायण प्रसाद सापकोटा