काठमाडौं, जेठ २२ – सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदानको लागि तोकिएको निर्वाचन कार्यक्रम यथास्थानमा राख्न आदेश दिएको छ ।
पुनः मतदान अबैध भएकाले मतगणना गर्नुपर्ने रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश चोलेन्द्र शम्सेर राणाको इजलासले निर्वाचन कार्यक्रम यथास्थितिमा राखेर दुवै पक्षलाई जेठ २४ गते छलफलको लागि अदालतमा उपस्थित हुन पनि आदेश दिएको छ ।
भरतपुरको वडा नम्बर १९ मा पुन मतदानको बारेमा अन्तिरम आदेश दिने नदिने बारेको टुंगो अब २ ४गते मात्रै लाग्ने सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ पाण्डेले जानकारी दिनुभयो । भरतपुरमा नियतवस मतपत्र च्यातेर पुनः मतदानको निर्णय गैरकानुनी भएको भन्दै वडा नम्बर १९ का एमाले कार्यकर्ता गुञ्जमान विक र तुलसीराम पाण्डेले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए ।