हेटौडा : जात्रा इन्टरटेन्मेन्ट र मिशन युथ नेपालको संयुक्त आयोजनामा हेटौँडामा यही जेठ २७ गते ‘थियटर अफ स्पिकर’ नामक कार्यक्रम हुँदैछ । शनिबारहेटौँडामा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम व्यवस्थापक विशाल घोषले यस कार्यक्रममा आफ्नो कामले परिचित व्यक्तित्वहरु प्रेरणादायीजिवनलाई नजिकबाट नियाल्न सकिने बताए ।
राष्ट्रिय आविश्कार केन्द्रका संस्थापक एवम् मगसास्य अवार्डबाट सम्मानिक महाविर पुन, नेपाललाई विभिन्न पेशाबाट विश्वभर चिनाउन सफल कमान्डरविजय लामा, अखिल नेपाल फुटबल संघका डेभलपमेन्ट डाइरेक्टर संजिव मिश्रको जिवन दर्शनसँग साक्षात्कार गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गर्नलागिएको घोषले बताए । पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक जानकी पोखरेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । हेटौंडामा थियटर अफ स्पिकरनामक कार्यक्रमको दोश्रो संस्करण गर्न लागिएको र यसले गर्दा हेटौडाबासीले भरपुर फाईदा लिन सक्ने कुरा पनि उक्त पत्रकार सम्मेलनमा जानकारीगराईएको थियो l
यस कार्यक्रम का अरु आकर्षणहरुमा :
- नारी सिप श्रृजना केन्द्रको तर्फवाट एउटा महिला सशक्तिकरण र अहिले महिलाको आवश्यक्ता बिषयक एक नाटक प्रस्तुत हुनेछ ।
- इपिएम कोयर को तर्फवाट नेपाल को राष्ट्र गान लाई एउटा फरक ढगं बाट प्रस्तुत गरिनेछ ।
- नेपाल आइडलका एक प्रतिस्पर्धि सबिन श्रेष्ठको एकल सांगितीक प्रस्तुती रहनेछ ।
सोहि दिन उक्त कार्यक्रमवाट नै राष्ट्रिय आविश्कार केन्द्रलाई एउटा अभियानका रुपमा मकवानपुर जिल्लामा अगाडि बढाउने अविभारा जात्रा र मिशन युथनेपालले लिनेछ ।
उक्त बिज्ञप्ति मार्फत सम्पुर्ण नगरवासीलाई उक्त कार्यक्रममा सरिक भई राष्ट्रिय आविश्कार केन्द्रको सारलाई बुझ्न र त्यसवाट देश र युवाले प्राप्त गर्नसक्ने अवशरहरु के कस्ता हुन् त त्यस्का बारेमा अझै बिस्तृत जानकारी प्राप्त गर्न र जो कोहिले आविस्कार केन्द्रका निमित्त सहयोग गर्न चाहनुहुन्छ चाहेत्यो जस्तो स्वरुप (आर्थिक , भौतिक र बैचारीकमा नै किन न होस हामी सबैलाई सहहृदयका साथ हार्दिक आव्हान पनि गरेको छ ।
उक्त कार्यक्रमको लागि प्रवेश शुल्क रु. ५०० र रु. ३०० राखिएको जानकारी पनि पत्रकार सम्मेलनमा गरिएको थियो ।
प्रत्येक बिद्यार्थीले आफ्नो पढाई सक्दा हातमा उ संग उस्को योग्यताको प्रमाणपत्र पनि होस् भन्ने अवधारणाका साथ जात्रा र मिशनयुथ नेपाल अगाडिहिडेको पनि जानकारी गराएका थिए भने थियटर अफ स्पिकर यहि अवधारणाको एउटा मजबुद स्तम्भ हो भन्ने कुरालाइ पनि बिशाल घोषले प्रस्ट्याएकाथिए ।