चितवन, जेठ १८ –
चितवनको भरतपुरमा च्यातिएको मतपत्रको अवस्था बुझ्नका लागि सबै दलका प्रतिनिधि मतगणना स्थलमा पुगेका छन् । मेयर, उपमेयरलगायत अरु उम्मेदवार गरी ४६ जना अहिले मतगणनास्थल भरतपुरको कभर्डहलमा पुगेका हुन् । भरतपुरका प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बिहीबार च्यातिएको र सग्ला मतपत्र छुट्याउने काम मात्र हुने जानकारी दिँदै काम सकिएपछि च्यातिएको मतपत्रको संख्या सार्वजनिक गरिने बताउनुभयो ।
निर्वाचन आयोगले गएको आइतबार राति च्यातिएको मतपत्रको संख्या यकिन गरेर पठाउन भनेपछि च्यातिएका मतपत्र गन्ने तयारी भएको हो । च्यातिएका मतपत्र गन्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । वडा नम्बर १९ को मत गन्ने क्रममा त्यहाँ रहेको माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुरको मतगणना रोकिएको छ ।
भरतपुर महानगर वडा नं-१९को मतगणनाका क्रममा मिति २०७४/०२/१४ गते राति ११:४५गते धटेको मतपत्र च्यातने प्रकरण पछि निर्वाचन आयोगको निर्देशनमा राजनीतिक दलको प्रतिनिधिको रोहवरमा मतपत्रको अवस्था वारेको रिपोर्ट १.भरतपुर-१९मा कुल खसेको मत-२८९७ २.गणना भई घोषणा भएको मत-१८०९ ३.सग्लो मत-२८०७ ४.च्यातिई/नोक्सान भएको मत-९० निर्वाचन आयोगले विबरण माग गरेकोले आज बसेको सुरक्षाकर्मी उमेदवार दलिय प्रतिनिधिको रोहवरमा च्यातिएका मतकोसंख्या एकिन गरीएको हो ।