जेष्ठ १६
सरकारले २०७४ बैशाख ३१ गते एकै चरणमा स्थानिय तहका निर्वाचन गर्ने भनी निर्णय गर्याे पछी मधेशबादी दल हरुले संबिधान शंशोधन गर्न माग गर्दै आन्दोलन गरे । उनिहरुले माग पुरा नभए स्थानिय तहको निर्वाचनमा भाग नलिने निर्णय गरेकाले उनिहरुको माग पुरा गर्ने गरी २ चरणमा निर्वाचन गर्ने भनी पहिलो बैशाख ३१ र दोश्रो जेष्ठ ३१ तय भयो तर पनि सबै मघेशबादी दल मानिरहेका छैनन । पुनः दोश्रोचरणको निर्वाचन अषाढ ९गते गर्ने गरी सोमवारको मन्त्रिपरीषदको निणर्य भयो तर निर्वाचन आयोगले जानकारी नपाउदै उक्त मितिको निर्वाचन पनि नहुने निश्चित प्राय भएको हो ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि सरकारले तोकेको असार ९ गतेका दिन मुस्लिम समुदायको मूख्य पर्व रमझान चाड पर्ने भएकाले निर्वाचनको मितिमा पूनर्विचार गर्न माग गर्दै मुस्लिम प्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् ।
मुस्लिम समुदायको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भन्नुभयो, ‘आज तपाईहरुलाई मैले नै यहाँ बोलाएको हुँ । हिजो मात्रै हामीले मन्त्रिपरिषदबाट चुनावको मिति सार्ने निर्णय गरेका थियौं । तर, असार ९ गते रमझान चाड पर्छ भन्ने कसैलाई पनि हेक्का रहेनछ । सरकार तपाईहरुको मागप्रति सकारात्मक छ, निर्वाचन आयोग र दलहरुसँग छलफल गरेर तपाईहरुको माग सम्बोधन गर्छाैं ।’
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘असारमा चुनावको मिति तोकिएको छ, मनसुनका कारण चुनाव प्रभावित होला कि भन्ने चिन्ता पनि छ । हामीले जुनकुनै हालतमा चुनाव गर्नुपर्छ । निर्वाचनले मात्रै राजनीतिक संक्रमणको अन्त्य गरी देशलाई राजनीतिक स्थिरता र विकासतिर लैजानेछ । तसर्थ, निर्वाचन गर्नैपर्छ । तर, रमझान पर्व प्रभावित नहुने व्यवस्था गर्न हामीले आवश्यक निर्णय गर्नेछौं ।’ निर्वाचन नभए संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र जस्ता उपलब्धिहरुलाई संस्थागत गर्न कठिन हुने बताउँदै प्रधानमन्त्रीले निर्वाचनको बिकल्प निर्वाचन मात्रै भएकोमा जोड दिनुभयो ।
भेटमा मुस्लिम समुदायका प्रतिनिधिहरुले असार ९ गते रमझान पर्व पर्ने भएकाले मुस्लिम समुदाय निर्वाचनमा सहभागी हुन कठिनाई हुने बताउँदै असार ९ गतेको निर्वाचन सार्न र सो दिनका लागि कक्षा ११ को परीक्षासमेत स्थगित गर्न प्रधानमन्त्री प्रचण्डसँग माग गर्नुभएको थियो ।