चितवन, जेठ १४–
देशकै बहु चर्चित महानगरपालिका भरतपुरको स्थानिय तहको चुनावी परीणाम जती अन्तिम हुदैछ तेतीनै रोचक र कडा प्रतिप्रर्धा हुदै छ । आजमात्रै वडा नं २१ को मत गणना सम्पन्न भएको छ भने अब वडा नं १९ र २० छन वडा नं १९ शारदा नगर गुञ्जनगर किरण गञ्ज मा २८६० मत र वडा नं २० भिम नगर सिमल टाँडी दद्रेनी मा ३३०२ मत गरी ६१३२ मत गणना हुन बाँकी रहेको छ ।
बाँकी रहेको मत गणना सम्पन्न नभएसम्मको लागी दुबै पार्टी आशावादी नै रहेका छन । बाजी कुन पार्टीले मार्ने भन्नका लागी १५ गते गणतन्त्र दिवस कुर्नु पर्ने देखीन्छ ।
भरतपुर महानगरपालिकाको वडा नं.२१ को मतगणना भर्खर सकिएको छ । वडा नं. २१ बाट नेपाली काँग्रेसका चित्रसेन अधिकारी विजयी हुनुभएको छ ।
महानगरपालिका मतगणनाको ताजा अपडेट:
महानगरमा खसेको मत संख्या १ लाख १२ हजार ९ सय ०७
मेयरः
माओवादी केन्द्रकी– रेणु दाहालः ४०१९६
एमाले– देवी ज्ञवालीः ४०९८०
मतान्तरः ७८४
भरतपुर–२१ वडा अध्यक्षः
रुख–१५३८ चित्रसेन अधिकारी विजयी
सूर्य–११२८
हसियाँ/हतौडा–३९४