भरतपुर जेष्ठ ७, चितवनको भरतपुर महानगरपालिका संग जोडिएको नगरपालिका रत्ननगर पालिका मा नेकपा एमालेको नारायण बन बिजयी हुनुभएको छ । उहाँ नगरका संस्थापक मेयर पनि हुनुहुन्छ । यो संगै एमाले ले चितवनमा कालिका नगरपालिका र राप्ती नगरपालिका यस अघि नै बिजय हासिल गरी सकेको छ । चितवनको ७ वटा स्थानिय तह मध्ये हाल सम्म ४ वटा तह इच्छाकामना नेपाली काग्रेस माडी नगर पालिका मा माओबादीकेन्द्रका ठाकुर ढकाल ३८७४ मतले बिजयी हुनुभएको छ उहाँका निकतम प्रतिदन्दी नेपाली काँग्रेसका खेम प्रसाद महतोले ३८२९ मत प्राप्त गर्नुभएको थियो । भने कालिका नगरपालिका मा एमालेका खुम नारायण श्रेष्ठ ७४९२ मतले बिजयी हुनुभएको हो उहाँका निकटम प्रतिदन्दी नेपाली काग्रेसका कमल प्रसाद आर्चायले ७१६४ प्राप्त गर्नु भएको निर्वाचन आयोगले जनाएको छ र राप्ती नगरपालिकामा एमालेकी प्रभा बरालले ११६१३ मत ल्याइ बिजयी हुनुभएको छ ।उहाँका निकतम प्रतिदन्दी नेपाली काँग्रेसका किरण भुषण ओली ७२९२ मत प्राप्त गर्नुभएको छ ।रत्ननगर नगरपालिकाको निर्वाचनको अवस्था यस्तो रहेको छ ।
मेयर
एमाले- नारायण वन १४६७७ (बिजयी)
कांग्रेस- रुपनराज घिमिरे १३२२७
माके- राजु अम्गाई सुबोध ३६५१
उपमेयर
एमाले- बिमला दवाडी १४४८१ (बिजयी)
कांग्रेस- निता ढकाल १२७०३
माके – संगीता भट्टराई ४०२४
वार्ड अध्यक्षको विजेता पार्टीहरु :
वार्ड १ – नेका
वार्ड २ – नेका
वार्ड ३ – एमाले
वार्ड ४ – एमाले
वार्ड ५ – एमाले
वार्ड ६ – नेका
वार्ड ७ – नेका
वार्ड ८ – एमाले
वार्ड ९ – एमाले
वार्ड १० – एमाले
वार्ड ११ – नेका
वार्ड १२ – नेका
वार्ड १३ – एमाले
वार्ड १४ – एमाले
वार्ड १५ – एमाले
वार्ड १६ – एमाले