जेठ ४ –
नयाँ शक्ति नेपाल, पार्टीका संयोजक डा बाबुराम भट्राईलाई स्थानीय निर्वाचनमा ठूलो धक्का लागेको छ । तत्कालीन एकीकृत नेकपा माओवादी त्यागेर नयाँ शक्ति गठन गरेका भट्टराईले त्यस लगत्तै वैकल्पिक शक्तिको रुपमा नयाँ पार्टी खोलेका थिए । तर स्थानीय चुनावमा उनको नयाँ शक्तिलाई धक्का पुगेको छ ।
काठमाडौं महानगरपालिकामा नयाँ शक्तिका उम्मेदवार वनेका पवित्र बज्राचार्यले करिब १५ हजार मतगणना गर्दा ९० मत ल्याएका छन् । त्यस्तै ललितपुरमा नयाँ शक्तिका उम्मेदवार मदन महर्जनले करिब २६ हजार मत गणना सकिदा १०८ मत पाएका छन् । त्यस्तै अर्को महानगरपालिका भरतपुर र पोखरामा नयाँ शक्तिका तर्फबाट उठेका उम्मेदवारले अत्यन्त कम मत ल्याएका छन् ।