नारायण ढुंगाना, चितवन, १ जेठ । चितवनमा भरतपुर महानगरमा दल र निर्वाचन अधिकृतको कार्यालयको विवादका कारण अझै मतगणना शुरु हुन सकेको छैन । हिजो मुचुल्का उठाएको मतको तथ्यंक अनुसार नै मतगणना गर्नुपर्ने अडान दलले राखेका छन् ।
तर मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जतीसुकै घटी बढी भएपनि गणना गर्ने प्रस्ताव ल्याएपछि गणना हुन नसकेको हो ।
दलहरुले आफ्नो प्रस्तावमा ५,६ वटा मतसम्म तलमाथि भएमा मान्य हुने जानकारी गराउँदा समेत न्यौपानेले नमानेको एमालेको मेयरका उम्मेदवार देवी ज्ञवालीले जानकारी दिनुभयो ।
यसअघि विहान ११ बजेको बैठकले १ बजेबाट गणना गर्ने तयारी गरिएको थियो ।
चितवनका अन्य कालिका नगरपालिका बाहेरको स्थानिय निकायमा भने मतगणना शुरु भएको छ । माडी र ईच्छाकामनाको मतगणना अनुसार एमाले र काँग्रेसको प्रतिष्पर्धा बढी देखिएको छ ।
चितवनको खैरहनी नगरपालिकामा वडा नम्बर १ मा मतदाता भन्दा धेरै मतपत्र देखिएपछि मतगणना तत्काललाई स्थगित भएको थियो । वडामा ७६९ मतदाता थिए । तर मतपेटिकामा ७७५ मतपत्र फेला परेका थिए ।
श्रोतः एटु जेड समाचार