
चितवन २३ बैशाख ः नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) चितवनले जिल्लाका सबै स्थानीय तहमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
दुबै पार्टीले शनिबार चितवनको भरतपुरमा सम्युक्त पत्रकार सम्मेलन गरि त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । भरतपुर महानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसले माओवादी केन्द्रलाई सघाउने र काँग्रेसका उपमेयर लाई माओवादी केन्द्रले सघाउने निर्णय बारे जानकारी दिन आयोजना गरिएको उक्त पत्रकार सम्मेलनमा काँग्रेस र केन्द्रका नेताहरुले त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनीहरुले नेपाली काँग्रेस र माओवादी बाहेक अन्य दलसंग सहकार्य गरेको भएपनि त्यसलाई तत्काल भंग गरि काँग्रेस माओवादी विच मात्र सहकार्य गर्ने निर्णय भएको जानकारी गराइएको थियो । २९ वडा रहेको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र नेपाली काँग्रेस विच मेयर र उपमेयर पदमा सहमति बनिसकेको भएपनि अन्य वडामा भने अझै सहकार्य बन्न सकेको छैन् ।
नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त पत्रकार सम्मेलनमा दुई पार्टी विच भएका सहमतिबारे माओवादी केन्द्र चितवनका इन्चार्ज ईश्वरी भट्टराईले जानकारी गराएका थिए ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका सभापति श्रेष्ठले भने, ०६२÷०६३ को जनान्दोलनमा हामीले सडकमा गोलि खादै गर्दा बालकोटको दरवार भित्र बसेर काजु र किसमिस खादै गणतन्त्र ल्याउनु भनेको बयलगाडा चढेर अमेरिका जानु सरह हो भन्ने मान्छेहरु, त्यो आन्दोलन दवाउन हाम्रा छातीमा गोलि ठोक्न आदेश दिने कमल थापा र ज्ञानेन्द्र शाहहरुले साठगाठ गरेकोले त्यसलाई तोड्नको लागि लोकतान्त्रिक गणतन्त्रको वकालत गर्ने हाम्रो दूई पार्टीको विचमा सहमतिका साथ दुवै पार्टीका केन्द्रले दिएको निर्देशन पूर्ण रुपमा कार्यनयन गर्ने प्रतिवद्दता ब्यक्त गर्दछु । कमरेड रेनु दाहाल नेपाली कांग्रेसको मेयरको उम्मेद्वार हुनुहुन्छ, पार्वती शाह नेकपा (माओवादी केन्द्र) को उम्मेद्वार हुनुहुन्छ । अब हामी दूई पार्टीको उम्मेदवारहरुलाई कसैले हराउन सक्दैन ।
माओवादी केन्द्र र काँग्रेसको तर्फबाट भरतपुर महानगरपालिकाको साझा मेयरको उम्मेद्वार वनेकी रेणु दाहालले महानगरको विकास र सम्वृद्धिको लागि अर्जुन दृष्टि आवस्यक भएको बताएकी छन् ।
नेपाली काँग्रेस संग तालमेल पछि महानगरका विभिन्न वडाहरुमा आफ्नो चुनावी प्रचारको लागि घरदैलो अभियानमा पुग्दा दाहालले उम्मेद्वार बन्दा र अहिलेको अवस्था फरक भएको बताइन् । आफु नेकपा (माओवादी केन्द्र) को तर्फबाट उम्मेद्वारी दर्ता गरेको भएपनि अव सबै नगरवासीहरुको साझा उम्मेद्वार बनेको दाबी गरिन् । भरतपुर नेपालको एक मात्र नमूना महानगर बन्ने दाबी गर्दै माओवादी केन्द्र र नेपाली काँग्रेस विचको तालमेलले आम नगरवासी उत्साहित भएको आफुले पाएको बताइन् । उनले अव विगतमा के भए भन्ने भन्दा पनि हाम्रो अगाडीको गन्तव्य के हो भन्ने खोजी गरि महानगरको सम्बृद्धि र विकासमा अर्जुन दृष्टि आवस्यक भएको बताइन् ।
पत्रकार सम्मेलन पछि उपमेयर पदकी उम्मेद्वार पार्वती शाहले आफ्नो उम्मेद्वारी माओवादी केन्द्र र नेपाली काँग्रेसको मात्र नभएर समग्र महानगर बासीको साझा उम्मेदवारी भएको बताइन् ।