२३ वैशाख । स्थानीय तहको निर्वाचन नजिकिएसँगै अब निर्वाचित हुने स्थानीय तहका पदाधिकारीको पारिश्रमिक तोकिएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अब निर्वाचित भएर आउने नगरपालिकाका मेयरदेखि वडा सदस्यसम्मको मासिक पारिश्रमिक तोकेको हो ।
कसको कति ?
महानगरपालिका प्रमुख : ६० हजार
उपप्रमुख : ५० हजार
वडाअध्यक्ष : ३० हजार
उपमहानगरपालिका प्रमुख : ४५ हजार
उपप्रमुख : ४० हजार
वडाअध्यक्ष : २५ हजार
नगरपालिका प्रमुख : ३० हजार
उपप्रमुख : २५ हजार
वडाअध्यक्ष : २० हजार
गाउँपालिका प्रमुख : २५ हजार
उपप्रमुख : २० हजार
वडाअध्यक्ष : १५ हजार
बैठक भत्ता १ हजार स्थानीय तहमा निर्वाचित वडा सदस्यहरुका लागि एक हजार रुपैयाँ बैठक भत्ता तोकिएको छ ।