बैशाख २२ । नेपालीकाँग्रेसले सत्ता साझेदार नेकपामाओवादी केन्द्रसँग तीन महानगर, एक उपमहानगर र ४ नगरपालिकामाउम्मेदवारीमातालमेल गरेको छ । काठमाण्डौ, पोखरा लेखनाथमहानगरपालिकामामाओवादी केन्द्रले कांग्रेसका मेयरकाउम्मेदवार रामजीकुँवरलाई सघाउने भएको छ भने कांग्रेसले भरतपुर महानगरकामाओवादीका मेयरकाउम्मेदवार रेणु दाहाललाई सहयोग गर्ने भएको हो । यस्तैमकवानपुरको हेटौडा उपमहानगरपालिकामामाओवादीले कांग्रेसका मेयरकाउम्मेदवार आनन्दराज पराजुलीलाई सहयोग गर्नेछ भने थाहानगरपालिकामाकांग्रेसले आफ्नाउम्मेदवारको नामफिर्ता लिदै माओवादीउम्मेदवार लबशंकर बिष्टलाई साथदिने सहमतिभएको छ ।
धादिङको निलकण्ठ नगरपालिकामापनितालमेल गरेर चुनावमाजाने दुई पार्टीको स्थानीय नेतृत्वले सहमति गरेको छ । सहमतिअनुसार मेयरमाकांग्रेसकाउम्मेदवार भीम ढुंगाना रहेका छन् भने माओवादी केन्द्रकातर्फबाट शैलेश भण्डारी उपमेयरमाचुनाव लड्ने भएका छन् । यसैगरी भीमेश्वर नगरपालिका दोलखामाकांग्रेसकातर्फबाट मेयरकाउम्मेदवार ईश्वर मानन्धरलाई माओवादी केन्द्रले सघाउनेछ भने उपमेयरमामाओवादीकीकमलाकार्की उम्मेदवार बनेकी छिन् । डोल्पाका स्थानीयजिल्लाका नेताहरुको सहमतिमा ठूली भेरी नगरपालिकामापनिचुनावीतालमेल भएको छ । जसअनुसार माओवादीले आफ्नो उम्मेदवारको नामफिर्ता लिदै कांग्रेसका मेयरकाउम्मेदवार सुवर्ण बुढालाई सघाउने भएको छ भने कांग्रेसले उपमेयरमामाओवादी केन्द्रकीउम्मेदवार लक्ष्मीचन्द्राकार्कीलाई सहयोग गर्ने सहमतिभएको जनाइएको छ ।