बैसाख २२ : सत्ता साझेदार दल नेपाली कांग्रेश र नेकपा माओबादि केन्द्र बीच भरतपुर सहित ३ महानगरमा चुनाबी तालमेल भएपछि भरतपुर महानगरका कांग्रेश कार्यकर्ता आक्रोसित बनेका छन । युवा नेता दिनेश कोइरालाको उम्मेदवारी परेपछि हर्सित भएका युवा देखि पाका पुस्ता सम्मको हर्स लाइ पार्टी सभापति सेरबहादुर देउबाले फेरी एक पटक निरास बनाएको राजनितिक बिस्लेशण हुन थालेको छ । मिलन बाबु श्रेष्ठ र जित बहादुर श्रेष्ठको चर्चाको बीच मेयरको टिकट पाएका दिनेश कोइरालाका समर्थकले पहिले टिकट दिने बेलामा नै जाल झेल भएको अनुमान कार्यकर्ताले लगाएका छन ।
जब बिहिबार निर्बाचन आयोगले उम्मेदवार फिर्ताको समय तोक्यो तब एका एक देउबा र प्रचण्डको बार्ता सुरु भयो र प्रचण्ड पुत्री लै बिजयी बनाउने खेलमा कोइरालाको उमेद्वारी फिर्ताको निर्णय भयो । त्यसपछि देउबाले फोन गरेर कोइरालालाई आफ्नो निर्णय सुनाए तर कोइरालाले आफुले यो निर्णय लत्याउने भनि चेतावनी दिएको स्रोतको भनाइ छ ।
एका एक कोइरालाको उम्मेदवारी फिर्ता भए पछि कार्यकर्ताले केन्द्रको निर्णय बिरुद्द मतदानमा सहभागी हुने सम्भाबना रहेको छ । यो चुनाबी तालमेलले कांग्रेस कार्यकर्ताले एमाले वा राप्रपा लाइ मतदान गर्ने सक्ने बुझिएको छ । कांग्रेश कार्यकर्ताले रेणु दाहल मन पराउदैनन स्रोतले भन्यो ” रेणुले हामीलाई आफ्नै पार्टीलाइ भोट हाल्न बाट बन्चित गराइन अब उनलाई पराजित गराउनु पर्छ । रेणु काठमाण्डौमा बसेर एक्कासी चितवनमा आएर चुनाब लड्ने भएकाले उनि बाट गाउ तहको समस्या बुझेर भरतपुर महानगर सम्बृद्द हुने बिस्वाश गर्न नसकिने बताउछन । । “
स्रोत का अनुसार एमालेका देबी ज्ञवाली लाइ यो तालमेलले निकै सघाएको छ । करिब १५ हजार मत एमालेलाई पर्न सक्ने सम्भावना भएको राजनितिक बिस्लेशण यत्र तत्र छ । करिब १० हजार जनताले कांग्रेशकै रुख मा हाल्नाले मत काटिने हुन सक्छ । यसको प्रतक्ष्य फाइदा एमाले लाइ हुने छ र देबी ज्ञवालीको जितको आँकलन गर्न सकिने बताउछन । ।