बैशाख १३
भरतपुर अस्पतालको ओपिडी सेवा विस्तार गर्ने भएको छ । नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार अस्पतालमा विहान ९ बजेदेखि ३ बजेसम्म अतिरिक्त स्वास्थ्य सेवा अर्थात नियमित ओपिडि सेवा सुरु गर्ने भएको हो । बैशाख १५ गतेदेखि ओपिडि सेवा विस्तार गर्न लागेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रुद्र प्रसाद मरासिनिले जानकारी दिनुभयो । तीन बजेसम्म नियमित ओपिडि भएपनि त्यसपछि ईएचएस सेवा लागु हुने अस्पतालले जनाएको छ ।
सेवा विस्तार भएपछि विरामीले सहज सेवा पाउने अस्पताल विकास समतिका अध्यक्ष राजकुमार राजभण्डारीले बताउनुभयो । दैनिक एक हजार भन्दा बढी विरामीले ओपिडी सेवा लिने गरेका छन । गरिब तथा आर्थिक विपन्न विरामीको सेवाका लागि थप सहज हुने अध्यक्ष राजभण्डारीले बताउनुभयो । जनताको अस्पतालको रुपमा विकास गर्नका लागि थप नयाँ कार्यक्रम ल्याउने तयारी भएको उहाँले बताउनुभयो । अस्पतालका चिकित्सक र कर्मचारीले तीन बजेसम्म नियमित सेवा दिनेछन ।
सेवाका लागि ताकिएको ओपिड संचालन सुरु भएपनि कर्मचारी ब्यवस्थापनका लागि चुनौती देखिएको छ । सरकारी दरबन्दीका कर्मचारीलाई सेवा विस्तार गरेवापत अतिरिक्त भत्ता दिएपनि अस्पताल विकास समिति अन्र्तगतका कर्मचारीको ब्यवस्थापनमा अनुदानको आवश्यक पर्ने बताईएको छ ।
विरामीको सहजताका लागि भरतपुर अस्पतालमा टोकन प्रणाली लागु गरिएको छ । ओपिडि र शुल्क बुझाउने स्थानमा विद्युतिय टोकन प्रणाली लागु गरिएको छ । टोकन प्रणाली लागु भएपछि उभिनु पर्ने बाध्यता हटेको छ ।