चितवन, ०९ बैशाख । चितवनसहित देशैभर नेकपा माओवादी केन्द्र आफ्नो उम्मेदवारहरुको घोषण गरेको छ । चितवनको ईच्छाकामना गाउँपालिकामा अध्यक्षमा प्रताप गुरुङ्ग र उपाध्यक्षमा सावित्रा सिल्वाल लाई घोषण गरेको छ । भने पूर्वी चितवनको कालिका नगरपालिकामा नगर ईन्चार्ज समेत रहेका रामध्वज डल्लाकोटीलाई मेयरमा र सविता लामालाई उमेयरमा घोषण गरेको छ । भने महानगर र अन्य नगरपालिका दुई दिनमा नै मेयर र उपमेयर ढुङ्गो लाग्ने जिल्ला ईन्जार्च ईश्वरी भट्टराईले जानकारी दिए । भने जिल्लाको भरतपुर महानगरको वडा नम्बर १३, १४, १५ र २९ बाहेक सबै वडाहरुमा उम्मेदवार घोषण गरेको जिल्ला अध्यक्ष यमबहादुर परियारले बताए । यि ४ वडामा निर्णय हुन केहि प्राविधिक कुराले अड्कीएको छ उनले भने । हामीले स्थानिय वडाबाटै आएको सिफरिसका आधारमा उम्मेदवार घोषण गरेका हौँ । अन्य सिफारि नआएर अड्कीएको हो ।
भरतपुर महानगरको एक समारोहका विच नेकपा माओवादी केन्द्रका केन्द्रिय अनुशासन आयोगका संयोजक अमिक शेरचनको प्रमुख आतिथ्यतामा जिल्ला अध्यक्ष परियारले आफ्ै उम्मेदवारको नाम वाचन गरि घोषण गरेका थिए ।