८ बैशाख ।
मालपोत कार्यालय चितवनका ३ जना कर्मचारी घुस लिएको आरोपमा पक्राउ परेकाछन् ।कार्यालयका नायव सुब्बा मनोज निरौला,लेखनदास फणिन्द्र तिवारी र कम्प्यूटर अपरेटर प्रदिप शर्मा पौडेल पञmाउ परेकाहुन् ।इच्छाकामना गांउपालिका ६ का मोहनराज गुरु·को बुवाको नाममा रहेको जग्गा आमाको नाममा नामसारी गराउने क्रममा पैसा नदिए काम नहुने भन्दै उनीहरुले ६ हजार ५ सय रुपैंया लिएकाथिए ।विहिबार नामसारी गराउनका लागि रकम माग गरेका उनीहरुले आज सो कुरा बाहिर हल्ला गरेको भन्दै काम नगर्ने धम्की दिंदै गर्दा मोहनसंगै सादा पोसाकमा रहेका प्रहरीले पक्रेकाहुन् । उपभोक्ता अधिकार संरक्षण मञ्चका उपाध्यक्ष विष्णु भूषाल, जिल्ला प्रशासन कार्यालयका बजार संरक्षण अधिकृत ओम नारायण शर्मा र सादा पोसाकमा रहेका प्रहरीले उनीहरुलाई पक्रन सफल रहेकाहुन् ।पक्राउ परेका तिनै जना कर्मचारी थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन लगिएको छ ।