चैत १५ ।नेपाल दुरसंचार प्रदायक कम्पनी को ठुलो हिस्सा ओगटेको नेपाल टेलीकमबाट पनि उपभोक्तालाइ ब्यालेन्स लोन प्रदान गर्न लागीएको हो । नेपालको राजस्व दाखिलामा उल्लेख्य भुमिका निर्वाह गर्दै आइरहे पनि नेपाल सानो मुलुक भएको र दुरसंचारले उपभोक्ता संग लिदै आएको शुल्क महगो, गुणस्तरीय तथा सेबामा अपडेट हुन नसकेको गुनासो आइरहेको बेला ब्यालेस सापटी दिने ब्यवस्था लागु गरेको हो । यस अघि एनसेलले यो सुबिधा दिदैआएको थियो । नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल सेवाका सेवाग्राहीलाई ‘ब्यालेन्स’ नहुँदा ‘कल’ गर्न ‘लोन’ रकम उपलब्ध गराउने भएको छ ।
टेलिकम र हङकङस्थित टियक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालिबीच यही चैत ६ गते सम्झौता भई सोबारे आज सार्वजनिक गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । सम्झौतानुसार उपभोक्तालाई कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समा लोन रकम उपलब्ध हुनेछ ।
कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त सम्झौतापत्रमा टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टरका तर्फबाट प्रालिका निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गर्नुभएको टेलिकमद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
सो सुविधा प्रयोग गरेबापत थप कुनै ‘चार्ज’ वा ब्याज नलिई उपभोक्तालाई लोन (ऋण) उपलब्ध हुने र रिचार्जपछि उपलब्ध हुने ब्यालेन्सबाट कट्टा हुनेछ ।
सम्झौतानुसार सो सुविधा सम्झौता भएको मितिले पाँच महिनाभित्र सञ्चालन गरिने बताइएको छ ।