चैत्र १७, भरतपुर १० स्थित हुन्डाइ गाडीको बिक्रेता पिनाकल ट्रेडिङ कन्सर्न पा.लिका प्रवन्ध निर्देशक इश्वर कुमार श्रेष्ठले विक्री केन्द्रमा पत्रकार सम्मेलन गरी नयाँ Grand I10 2017 सार्वजानिक गर्नु भयो।
काठमाडौंमा यो नयाँ मोडल सार्वजनिक भएसगै चितवनका ग्राहवर्गहरुको चाहानलाई मध्यनजर गर्दै सो मोडल चितवनमा सार्वजनिक गरेको पिनाकल ट्रेडिङ्ग कन्सर्न प्रा.ली. का प्रवन्ध निर्देशक श्री इश्वर कुमार श्रेष्ठले जानकारी दिए । डिजाइन, क्याबिनमा परिवर्तन, इन्टेरियर, यो गाडी नयां विशेषता हुन् ।
नयाँ ग्राण्ड आई १०मा पेट्रोल भर्सनमा १.२ लिटरको पेट्रोल इञ्जिन छ । यसको पावर ८३ पीएस छ । यसमा ५ स्पीड मेनुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प राखिएको छ ।
डिजेल भर्सनमा भने ठूलो परिवर्तन नै गरिएको छ । यसमा पहिलको १.१ लिटरको इञ्जिन हटाएर १.२ लिटरको इञ्जिन दिइएको छ । यसले ७५ पीएस पावर र १९० एनएमको टर्क दिन्छ ।नयाँ ग्राण्ड आई १०को पेट्रोल मेनुअलमा १९.७७ किलोमिटर र पेट्रोल अटोमा १७.४९ प्रतिलिटरको माइलेज दिन्छ । डिजेल भर्सनमा २४.५४ प्रतिलिटरको माइलेज दिनेछ । सो समारोहमा बोल्दै पिनाकल ट्रेडिङ्ग कन्सर्न प्रा.ली. का प्रवन्ध निर्देशक श्री इश्वर कुमार श्रेष्ठले भने “सुरुवात देखि नै ग्राण्ड आई १० आफनो वर्गको एक उत्कृष्ट उत्पादन रही आएको र धेरै भन्दा धेरै ग्राहक वर्गको मन जित्न सफल भएकाले आगामी दिनहरुमा पनि नयाँ ग्राण्ड आई १०ले सोहि किसिमको भन्दा झन बढी अनुभव र सुविधा प्रदान गर्ने मा विश्वस्त छौँ ”े । चितवनमा सार्वजनिक गरेको दुई नयां मोडलमा ग्राण्ड मेगाको २६लाख ९६ हजार र आस्थाको ३२ लाख ५६ हजार रुपैया रहेको उनले बताए ।
उक्त कार्यक्रममा पत्रकारहरुको जिज्ञासा लाइ पष्टयाउदै नेपालमा गत साल गएको भुकम्प, नाकाबन्दी र यस साल नेपाल राष्ट्र बैकको लागानी नितीले गाडी उमभोक्ता तथा विक्रेता दुबै अन्यायमा परेको वताउनु भयो। २०६६ वाट चितवन बिक्री केन्द्र संचालन गरी बिक्री गर्दै आएकोमा हाल सम्म २००० भन्दा वढी बिक्री भएको दाबी गर्नु भयो तर हालको अवस्थाले मासिक ४ वटा पनि बिक्री हुन मुस्किल भएको श्रेष्ठले वताउनु भयो उहाँले नेपालको कुल राजस्वको ६० प्रतिशत अटोमोवाइल क्षेत्रको योगदान रहेको जानकारी दिनुभयो । यसै अवसरमा हाल सार्वजानिक गरीएको भनिएको Hyundai गाड नेपाली बजारमा लोकप्रिय र गुणस्तरीय भएकाले उपभोक्ताको मन जित्न सफल रहने उहाँको दाबीरहेको छ । हाल सार्वजानिक गरीएका गाडी Manga र Asta नयाँ बिशेषता समेत रहेको वताउनु भयो जसमा Asta मा पछाडी ४ वटा सेन्सर वाट ब्याक गीयर हान्दा अन्य नजीक रहेको वस्तु सजिलै अगाडी रहेको डिजीटल डिस्पेमा देखीने र दुर्धटना बाट नियन्त्रण गर्न सहयोग हुने बताउनु भयो ।