भरतपुर १४ “दीगो विकास लक्ष्य प्राप्तिकालागि सहकारी”भन्ने लक्ष्य साथ चैत्र १३ देखी शुरु भएको चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को भरतपुर १० स्थीत होटल रोयल सेन्चुरीमा आज सम्पन्न प्रथम साकोस समीटमा सहकारी संस्थाको सुुदृढीकरण र समृद्धिको लागि भन्ने नारा को साथ चितवनका साकोसहरुको १२ बुदे प्रतिवद्धता–पत्र जारी गरी सम्पन्न भएको छ ।
१) नया सञ्चालक समिति गठन भएको मितिले ३ महिना भित्र सम्पूर्ण सञ्चालकहरुलाई अनिवार्य रुपमा सहकारी व्यवस्थापन तालिम सञ्चालन गर्न र प्रति वर्ष न्यूनतम पच्चीस प्रतिशत सदस्यहरुलाई सहकारी अभिमुखिकरण तालिम सञ्चालन गर्न प्रतिवद्धता जाहेर गर्दछौं ।
२) प्रत्येक साकोसमा एक जना पदाधिकारी सहित संवैधानिक व्यवस्था अनुसार महिला र युवाहरुलाई नेतृत्व तहमा सहभागी गराउन, न्यूनतम पच्चीस प्रतिशत युवा र ३३ प्रतिसत महिलाहरुको सदस्यता विस्तार गर्न र महिला तथा युवा उप–समिति गठन गर्न प्रतिवद्धता जाहेर गर्दछौं ।
३) सहकारीलाई नीति, विधि र प्रविधियुक्त बनाउन प्रत्येक साकोसले एक वर्ष भित्रमा बचत ब्यवस्थापन, ऋण लगानी तथा असुली, मानव संशाधन, सञ्चालक तथा लेखा समिति निर्वाचन, वित्तीय व्यवस्थापन, सुशासन, संगठन तथा सामान्य प्रशासन सम्वन्धी नीतिलगायत संचालक तथा कर्मचारीको आचार संहिता सहित कम्तीमा सातवटा नीतिहरु अनिवार्य रुपमा निर्माण गरी कार्यान्वयन गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।
४) संयुक्त राष्ट्रसंघद्वारा सन् २०३० सम्ममा हासिल हुने गरी पारित “दीगो विकास लक्ष्य” प्राप्तीका लागि प्रत्येक साकोसले व्यावसायिक कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।
५) राज्यले सहकारी क्षेत्रमा लगाई आएको आयकर लगायतका कर सहकारी मैत्री बनाउनका लागि संस्थाको आयबाट जगेडाकोष, ऋण जोखिम कोष र कर्मचारी बोनस कोष छुट्टायाएर मात्र सहकारीको वर्गिकरणका आधारमा बढीमा पाँच प्रतिशतसम्म आयकर निर्धारण गर्न यो समिट नेपाल सरकार र सरोकारवाला निकायको ध्यान आकृष्ट गराउँदछ ।
६) सहकारीमा रहेको बित्तीय सुरक्षाको सुनिश्चिता गर्दै आयत प्रतिस्थापन गर्दै राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुग्ने खालका उत्पादन मूलक उद्योग व्यवासायहरुमा सहकारीको लगानी केन्द्रीत गर्न र स्वावलम्वन तथा स्वरोजगारको माध्यमबाट गरिवि न्यूनिकरण गर्न सहयोग पु¥याउन यो सम्मेलन प्रतिवद्धता व्यक्त गर्दछ ।
७) नेप्mस्कुनले अघि बढाएको साकोस एकरुपता (ग्लषष्अबतष्यल¬) प्रणाली, स्थिरिकरण कोष कार्यक्रममा सहभागि हुन प्रतिवद्ध हुँदै साकोस सूचना केन्द्र स्थापना गर्न नेप्mस्कुनलाई आग्रह गर्ने र एक बर्ष भित्र जिल्लाका सबै साकोसहरुमा एभ्ब्च्ीक् अनुगमन प्रणाली अवलम्वन गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।
८) आगामी तीन वर्ष भित्र सबै साकोसहरूले कम्तीमा एक हजार शेयर सदस्यसहित कुल पूँजी तीन करोड पु¥याउने प्रतिवद्ध हुँदै सहकारी संस्थाहरु बीच एकीकरण गर्न जोड दिने र प्राविधिक सहयोगका लागी जिल्ला संघबाट कार्यदल बनाई सहजीकरण गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।
९) नेपालको संविधानले सहकारी क्षेत्रलाई आर्थिक विकासको एक महत्वपूर्ण खम्वाको रुपमा समावेश गरेको सन्दर्भमा अव बन्ने ऐन कानुन सहकारी मैत्री बनाउन नेपाल सरकार र सरोकारवाला निकायको ध्यान आकृष्ट गर्दै सहकारी अनुकुल नीति र कानुन निमार्णका लागि छाता संगठनहरुलाई प्रभावकारी पैरवी गर्न आग्रह गर्दछौं ।
१०) स्वाथ्य, शिक्षा, वातावरण जस्ता सामाजिक उत्तरदायित्वका क्षेत्रमा सहकारीहरुको माध्यमबाट समुदायलाई सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गर्दछौ ।
११) चितवन जिल्लाको पहिचानलाई सहकारी जननी जिल्लाको रूपमा मात्र सीमित नगरी मुलुककै उत्कृष्ठ साकोस सहितको जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गर्दछौ ।
१२) कम्तीमा तीन वर्ष भित्रमा साकोस समिटको आयोजना गरी जिल्लाको साकोस अभियानलाई समृद्धिको मार्गमा लैजाने कार्यमा निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दछौ ।