१४ चैत्र– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् ।चीनको साताब्यापी भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पमकल दाहाल र चिनियाँ राष्ट्रपति सि चिनफिङबीचको भेटवार्ता जारी छ । प्रधानमन्त्री दाहालका साथमा परराष्ट्रमन्त्री प्रकाशशरण महत, राजदुत लिलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास बैरागी र प्रधानमन्त्री पुत्र प्रकाश दाहाल भेटवार्तामा सहभागी छन् ।
टोलीका अन्य सदस्यहरु बाहिर छन् । प्रधानमन्त्रीको राष्ट्रपति सि चिनफिङसंग भेटवार्ता ३० मिनेटको हुनेछ । प्रधानमन्त्री निस्के लगत्तै चेन्दूको लागि प्रस्थान गर्ने कार्यक्रम छ । आइतवार प्रधानमन्त्री दाहालले चिनियाँ उपप्रधामन्त्री वाङ् यङसंग भेटवार्ता गरेका थिए ।
भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहालले यसअघिको सरकारले गरेका पारवाहन र उर्जासम्बन्धी सम्झौताको प्रोटोकल, ट्रान्स बोर्डर इकोनोमिक जोन र रेलमार्गका बारेमा कुराकानी गर्ने बताइएको छभने चिनियाँ राष्ट्रपति सिले नेपालका तर्फबाट उनको ड्रिम प्रोजेक्ट वान वेल्ट वान रोड परियोजनामा समर्थनको अपेक्षा गरेको बताइएको छ ।
बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा भएको भेटवार्तामा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ ।