चैत ७
लामो समयदेखि घाटामा चलेको सरकारी स्वामित्वको उदयपुर सिमेन्ट चालु आर्थिक वर्ष नाफामा गएको छ। दुईमहिनामै ११ करोड रुपैयाँ कमाएर ४ करोडा नाफा आर्जन गरेको सिमेन्टले अबको ध्यान उत्पादन बढाउने र बजार सुदृढिकरणतिर केन्द्रित गरेकाे छ।
लामो समयदेखि घाटामा चलेको सरकारी स्वामित्वको उदयपुर सिमेन्ट चालु आर्थिक वर्ष नाफामा गएको छ। दुईमहिनामै ११ करोड रुपैयाँ कमाएर ४ करोडा नाफा आर्जन गरेको सिमेन्टले अबको ध्यान उत्पादन बढाउने र बजार सुदृढिकरणतिर केन्द्रित गरेकाे छ।
नियमित बिजुलीको आपूर्ति, कुशल व्यवस्थापन र नेतृत्वको कारण उदयपुर सिमेन्टले नाफा आर्जन गरेपनि लामो समयदेखि पर्याप्त उत्पादन नहुँदा बजार संजाल भने व्यवस्थित छैन्।
४ हजार बोराबाट १२ हजार दैनिक उत्पादन क्षमता पुर्याएको सिमेन्ट उद्योगले नियमित उत्पादनमात्र होइन बजार विस्तारलाई पनि विशेष ध्यान दिएको महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलले जानकारी दिए।
देशभर बजार संजाल विस्तार गर्न पौडेल आफै लागिपरेका छन्। सम्बन्धित कर्मचारीसँगै उनी पनि टोलीको नेतृत्व गरेर ठाउँठाउँमा पुग्ने गरेका छन्। उत्पादन क्षमता बढाएर र नियमितता दिएको उद्योगले बजार विस्तार गरेर नेपाली बजारमा आक्रमक पुनरागमन गर्ने योजना बनाएको छ।
विद्युत प्राधिकरणले उद्योगलाई चौबिसैघण्टा बिजुली उपलब्ध गराईरहेको छ। माघ १ गतेदेखि चैत्र २ गतेसम्म निरन्तर रुपमा चौविसै घण्टा संचालनमा आएको पनि जनाएको छ । चालु आर्थिक वर्षभित्र लागत कम गर्दैै उद्योगको नाफा २५ करोड पु¥याउने उद्योग मन्त्रालयले लक्ष्य लिएको छ।
व्यवस्थापनमा सुधार र कर्मचारीहरुको अथक मेहनतका कारण उदयपुर सिमेन्ट उद्योग मुनाफा आजर्न गर्न सफल भएको र यसलाई निरन्तरता दिनको लागि जस्तो सुकै सहयोग गर्न सरकार तयार रहेको उद्योग मन्त्री जोशीले जानकारी दिए।
उद्योगमा हाल २ लाख बोरा सिमेन्ट मौजदात रहेको र त्यसको विक्रीहुँदा उद्योगसँग मुनाफा रकम थप ११ करोड ६५ लाख हुने उद्योगले जानकारी दिएको छ।
उद्योगमा बिजुलीको उपलब्धता बाहेक पाटपुर्जाको नियमित मर्मतसम्भार जस्ता कुरामा चुस्तदुरुस्त बनाइएको, सबै कर्मचारीहरुलाई सन्तुष्ट बनाएर काममा दिनरात खटेर काम गरेका कारण उपलब्धी हाँसिल भएको महाप्रबन्धक पौडेलले जानकारी दिए।
‘यो उपलब्धी अन्तिम होइन र यसको श्रे्रय मैले लिनुपर्छ भन्ने पनि छैन् र लिनपनि चाहादिन’ उनले भने, ‘मेरो लागि सबैभन्दा ठुलो कुरा उद्योग मन्त्रालय, अर्थ मन्त्रालयले अपनत्व लिदिए पुग्छ।’
सरकारले यस बारेमा प्रष्ट बोलिसकेको र यसको प्रगति विवरण भनेको तथ्यांकमा आउने उनले बताए। पुरै आर्थिक वर्षमा उद्योगले गर्नुपर्ने नाफा तथा उत्पादनको कार्य सम्झौता भएको र त्यसपछि ठोस तथ्यांक आउने उनले बताए।
उद्योगलाई पुर्ण क्षमतामा संचालन गर्नको लागि मर्मतको प्रक्रिया सुरु भइसकेकाले निकट भविष्यमै दैनिक नौ सय टन उत्पादन हुन् थाल्नेछ।
हाल उद्योगका देशभर सात सय ७५ वटा डिलरहरु रहेका छन्। ठुलो लागनीका निजी क्षेत्रका उद्योगसँग प्रतिस्पर्धा गर्न सहज नभएको ठहर गर्दै उद्योगले क्षमता विस्तारसँगै बजारलाई पनि फराकिलो बनाउने रणनीति लिएको छ।