नारायणगढ मुग्लीन सडक खण्डलाइ निमार्ण कार्यलाइ समयमै सम्पन्न गर्नकालागी जिल्ला प्रसासन र सरोकारवालको निणर्य अनुसार पौष १९ देखी अर्काे ब्यवस्था नभएसम्म थप आधा घण्टा अत्याबश्यक एम्वुलेन्स बाहेकका (१०.३० देखी ३.००) सवारी साघनलाइ पुर्ण रुपमा रोक लगाउने निर्णय भएकोले यात्रुहरुलाइ तथा ब्यवसायीहरुलाइ जानकारी तथा अटेर गर्ने सवारी साधनलाइ कारवाही गर्नै निर्णय
निर्णयको सम्पादित अंश
आज मिति २०७३/०९ /१८ गते प्रमुख जिल्ला अधिकारी श्री नारायण प्रसाद भट्टज्यूको अध्यक्षतामा निम्न लिखित पदाधिकारीहरुको संयुक्त टोलिले नारायणगढ मुग्लीङ सडक खण्डको स्थलगत अवलोकन गरी मिति २०७३/०८/२९ गते प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षतामा भएका १३ बुँदे निर्णयहरुको कार्यान्वयनको प्रभावकारिता र अन्य आवस्यकता सम्बन्धमा निम्नानुसार निर्णय तथा श्रीमान प्र।जि।अ। ज्यूबाट निम्नानुसार निर्देशन भयो ।
निर्णय तथा निर्देशनहरु
१। मिति २०७३/०९/१९ गतेदेखी बिहान १०.३० बजे देखीनै नारायणगढ मुग्लीङ सडक खण्डमा चल्ने एम्बुलेन्स बाहेकका सवै प्रकारका सवारी साधनहरुलाई रोक्ने र पुरा ४ ९चार० घण्टा निर्माण कार्य गर्न पाउने व्यवस्था मिलाउने ।
२। सवारी छोड्ने सम्बन्धमा क्रमसस् मो।सा। , साना सवारी , बस , ट्रक र कम गतिका अन्य सवारीलाई प्राथमिकता दिई छोड्ने र रोक्दा पनि त्यसैगरी जुगेडी ईलाकामा मो।सा।र साना सवारी र बस रोक्ने व्यवस्था गर्ने र रामनगर आँपटारी तथा आवस्यकता अनुसार गोन्द्राङ र टिकौली ईलाकामा ट्रकलाई रोक्ने व्यवस्था साथै काठ्माण्डौ बाट आउने मो।सा।र साना सवारी र बस लाई मुग्लीङ ईलाकामा तथा ट्रकलाई लेवाटार ईलाकामा रोक्ने व्यवस्था मिलाउने र पोखरा तर्फवाट आउने ट्रकहरुलाई तनहुँको एरियामा रोक्ने व्यवस्थाको लागि समन्वय गर्ने ।
३। नारायणगढ मुग्लीङ सडक खण्डको विचमा कुनै सवारी बिग्रेमा सो सवारीलाई २० मिनेटभित्र हटाउन सम्बन्धित ठेकेदार कम्पनिले तिनवटै सेक्टरका १र१ थान स्काईभेटर र पावर टेलर राख्ने ।
४। सडकका पानि हाल्ने ,धुलो उड्न नदिने र सवै खाल्डा खुल्डीहरु अनिबार्यरुपमा सम्बन्धित ठेकेदार कम्पनिले पुर्ने ।
५। रामनगर,जुगेडी, सिमलताल र मुग्लीङमा रहेको त्तच्त् मो।सा। हरुको परिचालन गरी कटान हुने क्षेत्रमा प्रत्येक ३०र३०मिनेटमा पुग्ने गरी प्रहरीले परिचालन गर्ने तथा प्रत्येक ठेकेदार कम्पनिले समेत रातको समयमा अनुगमनको लागि मो।सा।मा अनुगमनकर्ता परिचालन गरि आवागमनमा अवरोध भएमा तत्काल प्रहरीलाई खवर गर्ने व्यवस्था मिलाउने ।
६। ध्ष्मभ द्ययमथ ऋयलतबष्लभच ९ म्न्ँऋ ० हरुलाई रातको १२ बजेदेखी ४ बजेसम्म मात्र चल्न दिने अन्य समयमा रोक्ने व्यवस्था गर्ने ।
७। सडकको छेउमा लगाईएका च्भाभिअतष्खभ त्बउभ हरु जिर्ण भएका र कतिपय आवस्यक स्थानहरुमा नभएको पाईएकोले तत्काल लगाउने व्यवस्था गर्ने र यस अघि निर्णय र निर्देशन भएका ४० थान ट्राफिक संकेतहरु समेत जडान गर्ने ।
८। निर्माणाधिन सडक खण्डको बिच बिचमा ट्रकहरु पार्किङ गरेको समेत पाईएकोले त्यसलाई पुर्ण रुपमा प्रतिबन्ध गर्ने तथा अटेर गर्नेलाई कारबाही समेत गर्ने ।
९। बिद्युत तथा खानेपानी व्यवस्थापनको लागि नारायणगढ ( मुग्लीङ सडक आयोजनाको तर्फबाट कुनै सुचना प्राप्त भएमा सम्बन्धित कार्यालयले ईमरजेन्सी सुचनाको रुपमा ग्रहण गरी कार्यान्वयन गर्ने ।
१०। सवारी चल्ने समयमा सडकमा राखिएका ःबतभचष्बकि हरुलाई व्यवस्थापन गरीसक्ने र सवारी आवागमन सहज वनाउने ।
११। नारायणगढ ( मुग्लीङ सडक खण्डमा १० स्थानमा रहेका घुम्ति मोडहरुमा ऋयलखभह ीभलअभ राख्ने व्यवस्था तत्कालै मिलाउने ।
१२। नारायणगढ मुग्लीङ सडकको निर्माणाधिन भागमा रातको समयमा क्यबिच बत्ती को व्यवस्था गर्ने ।
१३। सवारी खुलेको समयमा सवारी आवागमनमा अवरोध हुनेगरी आयोजनाले कुनैपनि कार्य नगर्ने र नगराउने ।