रत्ननगर १७ पौष ।
चितवनका प्रमुख जिल्लाअधिकारी नारायण प्रसाद भट्टले जिल्लालाई समृद्ध बनाउनआफु सधै लागिपर्ने बताउनु भएको छ । भर्खरै मात्र सरुवा भई चितवन आउनुभएका प्रमुखजिल्लाअधिकारी भट्टले स्थानीयको समस्या तत्काल आफुलाई जानकारी गराउन अनुरोध गर्दै जिल्लालाई शान्ति सुरक्षादिई व्यवस्थितएवम् समृद्ध बनाउनलागिपर्ने बताउनुभयो ।
लायन्स क्लव अफचितवन कालिका र कालिका नगरपालिकाले पूर्वी चितवनको कालिकानगरपालिका ५ जुटपानीबजारमा शनिबार संयुक्त रुपमाआयोजना गरेको बजार सरसफाई तथा सचेतना ¥यालीकार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भट्टले शान्ति सुरक्षा अमनचयनका लागि तटस्थता, निष्पक्षताका साथ जनताको पक्षमाआफु रहने बताउनुभयो । शक्तिको आँडमा कोहि हेपिने, चेपिने प्रवृत्तिको अन्त्य गराउनआफु प्रतिवद्ध रहेको समेत उहाँले बताउनुभयो । जिल्लाका विकट तथापहाडी क्षेत्रमा घुम्तीशिविरको आयोजना गरी घरदैलोमै सरकारी सेवादिने, भुकम्प पिडितको समस्या समाधानगर्ने तर्फ पनि तत्कालकार्य थालनीगर्ने उहाँले बताउनुभयो । जिल्लाभित्रका सेवाग्राहीकार्यालयमा एक महिनाभित्रकार्यालय सुधार कामछिटो छरितो गर्ने व्यवस्था मिलाउन आफु लागिपरेको समेत उहाँले बताउनुभयो । बजार अनुगमनलाई व्यवस्थित र तिव्रतादिई काम अगाडिबढाउने उहाँले प्रतिवद्धता व्यक्तगर्नुभयो । कार्यक्रमका प्रमुखअतिथि समेत रहेका प्रमुख जिल्लाअधिकारी भट्टले लायन्स क्लवले गरेको सामाजिककामको प्रशंसा गर्दै सरसफाई एवम् सचेतना कार्यक्रमहरु निरन्तर रुपमा संचालन गर्न समेत सुझावदिनुभयो । घर, टोल, गाउँ स्वच्छ र विकसित भएमात्र देश विकास हुने बताउँदै उहाँले समाज रुपान्तरणकालागि सबै एकजुटहुनुपर्ने बताउनुभयो ।
सोही कार्यक्रममा चितवनका प्रहरी उपरिक्षक दिपक थापाले कानुनी राजको पक्षमा प्रहरी सधै रहेको भन्दै समाजका विकृति, विसंगती अन्त्यकालागि स्थानीयसंग प्रंहरी सधै हातेमालो गरेर अगाडिबढ्ने बताउनुभयो । समाजमा राम्रो कामगर्नेका लागि प्रहरी सधै साथीको रुपमा रहने भन्दै “प्रहरी मेरो साथी”अभियानलाई अझै प्रभावकारी बनाएर अगाडिबढ्ने उहाँले बताउनुभयो । लायन्स क्लवअफचितवन कालिकाले स्थानीयस्तरमा गरेको सामाजिक कामको प्रशंसा गर्दै प्रहरी प्रमुखथापाले लायन्स क्लवजस्तै विभिन्न सामाजिक संस्थाहरुसंग प्रहरी सधै हातेमालो गर्दै अगाडिबढ्ने र समाज सुधार गर्न प्रतिवद्ध रहेको बताउनुभयो। चोरी,तस्करी,गुण्डागर्दी,लागुऔषधदुव्र्यसनी अन्त्यका लागि प्रहरी सधै लागि परेको बताउँदै उहाँले स्थानीयस्तरबाट सबैको साथले मात्र जिल्लालाई शान्ति सुरक्षा र अमनचयनगर्न सकिने समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा कालिकानगरपालिका काकार्यकारी अधिकृत पुष्पराज खनालले स्थानीय संघ संस्थाहरुसंग समन्वय गरी नगरलाई स्वच्छ, स्वस्थ र व्यवस्थितगर्न आफु सधै लागिपरेको बताउनुभयो । कार्यक्रममा लायन्स क्लवका एरिया को–चिफनिरज श्रेष्ठ, नेपाली कांग्रेसका प्रतिनिधि राजु श्रेष्ठ, नेकपा एमालेका प्रतिनिधि केशव लामा, माओवादी केन्द्रकाप्रतिनिधि रामध्वज डल्लाकोटी, क्लवका सचिव दिपक लामिछाने लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो । क्लव काकार्यक्रम संयोजक सुदर्शन अधिकारीले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको कार्यक्रम क्लवका अध्यक्ष बिनोद रेग्मीको अध्यक्षतामाभएको थियो । कार्यक्रममा भर्खरै मात्र सरुवाभई चितवन आउनु भएकाप्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, प्रहरी उपरीक्षक दिपकथापा र कालिकानगरपालिका काकार्यकारी अधिकृत पुष्पराजखनाललाई स्वागतगरिएको थियो भने इलाका प्रहरी कार्यालय रत्ननगरबाट सरुवाभई जान लाग्नुभएका प्रहरी निरीक्षक मधु नेपाललाई विदाई गरिएको थियो । सो स्वागततथा बिदाई कार्यक्रममा क्लवको तर्फबाट दोसल्लाओढाई सम्मान गरिएको थियो । क्लवले सोही अवसरमा नगरपालिका क्षेत्रका जुटपानीबजार, शक्तिखोर बजार, क्लवचोक, लाहुरेचोक, पदमपुर, खोलेसिमल बजार लगायतका विभिन्न स्थानमा सरसफाई सम्बन्धी सचेतना मुलकहोर्डिङ्ग बोर्ड समेत राखेको थियो भने जुटपानीको प्रहरी चौकी देखि जुटपानीबजारसम्म सचेतना मुलक ¥याली समेत आयोजना गरिएको थियो । कार्यक्रममा नगरपालिका भित्रका विभिन्न सामाजिक संघ संस्था एवम् स्थानीयको सहभागीता रहेको थियो ।