- १८ मंसिर बुधबार
देशभर चिसो बढिरहेको छ । आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ ।
हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज दिनभर देशको पूर्वी र मध्य क्षेत्रमा आंशिक र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविदले बताएका छन्।राति देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन्।