१८ मंसिर बुधबार काठमाडौँ
नेकपा सचिवालय बैठकले सम्पन्न उपनिर्वाचनमा कतै पनि अन्तरघात नभएको ठहर गरेको छ । बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।बैठकमा उपनिर्वाचनको मतपरिणामबारे समीक्षा भएको थियो । बैठकमा उपनिर्वाचनमा घात प्रतिघात नभएको निष्कर्ष निकालेको भए पनि विस्तृत रुपमा अर्को बैठकमा छलफल हुने श्रेष्ठले जानकारी दिनुभयो ।प्रबक्ता श्रेष्ठले अर्को सतिवलय बैंक बैठक मंसिर २३ गते भन्दै आजको बैठकले ३७ वटा जिल्ला कमिटीलाई निर्वाचनको समीक्षात्मक रिपोर्ट केन्द्रलाई बुझाउन निर्देशन दिएको बताउनुभयो ।उहाँले आगामी बैठकले नै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने बारेमा निर्णय लिने भन्दै प्रधानमन्त्री ओली उपचारमा रहनुभएको र सचिवालय सदस्य झलनाथ खनाल र ईश्वर पोखरेल पार्टी कामको शिलशिलामा इलाममा जानुभएकाले आजको बैठकमा अरु कुनै निर्णय नभएको बताउनुभयो ।