उपनिर्वाचको मौन अवधि सुरू हुन लाग्दा दलहरू एकअर्काप्रति लाञ्छना लगाउँदै अभिव्यक्ति दिन थालेका छन् ।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की–२ का उमेदवार खेमराज पौडेललाई वृद्धाश्रम जाने उमेरमा भोट माग्न हिँडेको भनेर कटु टिप्पणी गरेका छन् ।“हाम्रो प्रधानमन्त्रीलाई बिदा लिनुपर्छ भन्नेहरूले विचरा ७७ वर्षका बूढा, जो अब देवघाटतिर जानुपर्ने मान्छेलाई ध्यान र ज्ञान सिक्नुपर्ने मान्छेलाई आफू अघि सार्ने, ६५ वर्षको जवानलाई अब आराम गर्नुपर्छ भन्न मिल्छ त ?”,उनले टिप्पणी गरेका छन् ।उनले नेकपालाई भारी मतले जिताउनुपर्ने बताए । उनले प्रतिक्रियावादीले रातिराति लुकिछिपी षड्यन्त्र गर्न सक्ने बताउँदै आफू विजयजुलुसमा समेत सहभागी हुन चाहेको र निम्ता गर्न आग्रह गरेका थिए ।