मंसिर ११ गते काठमाडौँ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अस्पताल पुगेर प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।पोखराबाट आएका देउवा विमानस्थलबाट सिधै त्रिवि शिक्षण अस्पताल स्थित मनमोहन कार्डियोभास्कुलर ट्रान्सप्लान्ट सेन्टर गएका हुन् । उनले प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका हुन्।