मंसिर ८
यो बीमा कम्पनीहरुले जम्मा गरेको शुल्क भन्दा रू १८ करोड बढी हो । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत हाल यो कार्यक्रम स्वास्थ्य बीमा बोर्डले सञ्चालन गरिरहेको छ । बोर्डकाअनुसार स्वास्थ्य बीमा गरेबापत उठेको प्रिमियम सिधै सरकारको ढकुटीमा जान्छ ।
दावी भुक्तानीका लागि पनि सरकारले नै पैसा दिन्छ । बोर्डले बिचमा बसेर यस कार्यक्रमलाई व्यवस्थापन गरिरहेको छ । देशका ४९ जिल्लामा सञ्चालनमा भएको स्वास्थ्य बीमा अन्तर्गत २२ लाख ३२ हजार ६६८ जनाले बीमा गरेको बोर्डको तथ्यांक छ ।
ती मध्ये ११ लाख ७० हजार ७६५ महिला, १० लाख ६१ हजार ६५९ परुष र २४४ जना तेस्रोलिंगीले स्वास्थ्य बीमा गरेका छन् ।
स्वास्थ्य बीमा गरेबापत उठ्ने बीमाशुल्क भन्दा दावी भुक्तानी बढी भएपनि यो कार्यक्रम संकटमा पर्ने देखिएको बीमा कम्पनीहरुले बताएका छन् ।