६ पुष । माडी नगरपालिकामा प्रदेश नं ३ स्तरिय बहुप्राबिधिक शिक्षालय निर्माण हुनेभएको छ । शिक्षामन्त्रि धनिराम पौडेलको गृहनगर रहेको माडी लगायत अन्य नयाँ ६ स्थानमा प्राबिधिक शिक्षालय निर्माण गर्न लागिएको हो । बिकासका दृष्टिले पछाडी परेको चितवनको माडीमा शैक्षिक पुर्वाधारको महत्वपुर्ण प्रदेश स्तरिय संरचना बन्न लागेको खबरले माडीबासीहरु उत्साहित छन् । शिक्षामन्त्रिका स्वकिय सचिव ओवनाथ पाण्डेका अनुसार मन्त्रिस्तरको यो निर्णय तत्काल कार्यान्वयनका लागी सिटीईभिटी पठाईसकिएको छ । सिटीईभिटीले स्थान छनोट र प्रारम्भिक प्रतिवेदन पेश गरे लगत्तै शिल्यान्यास गरि निर्माण प्रक्रिया अगाडी बढाईने पाण्डेले बताउनु भयो । स्थानिय युवा नेता सन्तोष पनेरुले यो सगैँ माडीको विकासले नयाँ गति लिने र अब माडीबाट बसाईसरेर अन्यत्र जाने होईन बरु हजारौ बिधार्थी प्राविधिक शिक्षा पढ्न माडी आउने भएकाले यो नयाँ आयामका लागी शिक्षामन्त्रि र सर्पक्षिय पर्यत्न प्रति आभार व्यक्त गर्नु भयो । निर्णयसगै माडी नगरपालिका राजनैतिक पार्टीहरु उघोग बाणिज्य सघं लगायतको टोलिले स्थान छनोटका लागी बिभिन्न स्थानहरुको अबलोकन गरिरहेको स्थानिय श्री दवाडीले बताउनु भयो ।
