गएराती नारायणगढको पुल्चोकमा मोटरसाइकलको ठक्कर बाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । भरतपुरको चौबीसकोठीबाट पुल्चोक तर्फ गईरहेको ३–३००१–प–९२२ नम्बरको मोटरसाइकलले युवकलाई राती १०ः३० बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवत्ता एकनारायण कोईरालाले जानकारी दिनुभयो ।
अन्दाजी ३०,३२ बर्षको देखिने युवकको नाम वतन खुल्न सकेको छैन । गम्भिर घाइते भएको युवकको उपचारको क्रममा गएराती ११ः २० बजेको समयमा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्रहरीको नियन्यत्रणमा छन भने शब परीक्षणको लागि भरतपुर अस्पताल राखिएको छ ।
साउन २८, चितवन