२१ मंसिर ÷
राष्ट्रपति बिद्यादेवी भण्डारीले एभिन्यूज टेलिभिजनबाट प्रशारण हुदै आइरहेको “ओझेलका पात्र” कार्यक्रमको प्रशंसा गर्दै कार्यक्रम संचालकलाई धन्यवाद समेत दिएकी छिन् । सोमवार राष्ट्रपति भवनमा भएको भेटघाटको क्रममा राष्ट्रपति भण्डारीले कार्यक्रम आफुले पनि हेर्ने गरेको बताउँदै कार्यक्रम सफलताको कामना समेत गरेकी थिइन् ।
राष्ट्रको जीवनमा महत्त्वपूर्ण योगदान पु¥याएका तर विविध कारणले ओझेलमा परेका ब्यक्तित्वहरूलाई घर दैलोमै पुगी खोजी चिनाउने कार्य गर्दै आएको एभि न्यूज टेलिभिजनबाट प्रशारण हुने ओझेलका पात्रका सम्पूर्ण टिमलाई धन्यवाद दिएकी थिइन् । कुराकानी कै क्रममा ओझेलका पात्र सीताराम शाहीको सबै कुरा सुनिसके पश्चात शाहीलाई खेलकुद परिषद्का सदस्य सचिवसँग लगेर भेटाउन नेकपा एमालेका युवा नेता किसान श्रेष्ठसँग आग्रह गरेकी थिइन् ।
राष्ट्रको लागि महत्वपूर्ण योगदान पु¥याई ओझेलमा परेकाहरुलाई चिनाउने उद्देश्य बोकेर गन्तव्य तर्फ निस्केका एभि न्यूज टोली तनहुँ जिल्लाको दमौली पुगेको थियो । सो क्रममा नेकपा एमालेका युवा नेता तथा चर्चित उद्योगी किसान श्रेष्ठको सहयोग र आग्रहमा हामीले पूर्व अन्तराष्ट्रिय पौडी खेलाडी सिताराम शाहीसँग भेट भयो । कुनैबेलाका चर्चित पौडी खेलका राष्ट्रिय किर्तिमानधारी खेलाडी शाही त्यति बेलायुवा १० र १५ वटा कुखुराको स्याहार सुसारमा ब्यस्त थिए । टोलीले घरदैलोमै पुगेर उनीसँग कुराकानी गरे । सो क्रममा अन्ताराष्ट्रिय खेलाडी शाहीबाट अर्को एउटा थप महत्त्वपूर्ण कुरा समेत थाहा पाइयो, जसको जानकारी नेता श्रेष्ठलाई पनि थिएन ।
२०५० सालमा जननेता मदन भण्डारी र जीवराज आश्रित चढेको जिप त्रिशुलीमा दुर्घटना भएको थियो । त्यस दुर्घटना पश्चात आफ्नो ज्यानको समेत पर्वाह नगरी राती साढे १० बजे तिर आश्रितको शव सहित जिप पता लाउने साहसीक ब्यक्ति अरू कोही होइनन शाही नै थिए । शाहीको साहसीक घटना जुन ओझेलमा परिसकेको थियो त्यसलाई समेटेर ओझेलका पात्र कार्यक्रम मार्फत एभि न्यूज टिभीले शुक्रवार प्रशारण गरेपछि उनको साहस र प्रतिभा पून चर्चामा आएको हो ।
आफ्नै जिल्ला भित्र लुकेको प्रतिभालाई चिनाउने प्रयासको क्रममा नेता श्रेष्ठले कार्यक्रम हेरे पश्चात उनको साहसीक कामको समेत जानकारी पाएपछि उनले एभि न्यूज टेलिभिजन टिमलाई राती १० बजे नै एकपल्ट होइन करिब चार चार पटक फोन गरी धन्यवाद दिएका थिए । नेता श्रेष्ठले कार्यक्रम हेरेर पूर्व प्रधानमन्त्री केपि ओलीले समेत शाहीको बारेमा जिज्ञासा राखेको एभि न्यूज टेलिभिजनका मध्यमाञ्चल व्युरो प्रमुख राजु श्रेष्ठलाई जानकारी गराए । साथै श्रेष्ठलाई राष्ट्रपतिसँग भेट्ने कार्यक्रम रहेकोले तुरुन्तै काठमाडौँ आउन आग्रह पनि गरे ।
त्यस पश्चात एभि न्यूज टेलिभिजनका मध्यमाञ्चल व्युरो राजु श्रेष्ठ सहित एभिन्यूज टेलिभिजन केन्द्रिय परिवार, सहयोगी नेकपा एमालेका युवा नेता किसान श्रेष्ठलाई राष्ट्रपति भण्डारीले धन्यवाद प्रकट गरेकी थिइन् ।