कात्तिक २९ – सोमबार पछिल्लो ६८ वर्षमा चन्द्रमा सबैभन्दा नजिक आएको छ । नेपाली समय अनुसार सोमबार बेलुका पाँच बजेर ६ मिनेट जाँदा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आएको हो ।
चन्द्रमा पृथ्वीबाट तीन लाख ५६ हजार पाँच सय ९ किलोमिटर पर देखिएको हो । सोमबार सन् १९४८ पछि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आएको हो । सोमबार चन्द्रमा नियमित पूर्णिमामा भन्दा १४ प्रतिशत ठूलो देखिएको वैज्ञानिकहरुले बताएका छन् । यस्तै चन्द्रमा अरु पूर्णिमामा भन्दा ३० प्रतिशत बढी चम्किलो भएको छ । यसपछि सन् २०३४ को नोभेम्बर २५ मा मात्रै यस्तो चन्द्रमा देख्न पाइने छ ।