जेष्ठ १८ भरतपुर
भरतपुर महानगरपालिका वडा न ९ मा रहेको सिद्धिविनायक गणेश मन्दिरको १६ औ साधरण सभा तथा छैठौ अधिवेसन आज सम्पन्न भएको छ । मन्दिर परीसरमा आयोजित अधिवेशनमा कमला सापकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमीती चयन गरीएको छ । समितिको उपाध्यक्षमा शिब प्रसाद घिमीरे , सचिवमा श्री प्रसाद लामीछाने, सह सचिवमा सबिता गैरै , कोषाध्यक्षमा अगन्धर कंडेल रहनुभएको छ । त्यस्तै सदस्यहरुमा आशिष अधिकारी , बिष्णु कुमार श्रेष्ठ , भिमलाल कंडेल , खिमा कंडेल , चन्द्रकला सापकोटा र कमला तिमल्सेना रहनुभएको छ । जयभद्र सापकोटाको सभापतित्वमा भएको उक्त अधिवेशनमा भरतपुर महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष यमलाल कंडेल प्रमुख अतिथी रहनुभएको थियो । समारोहमा ८४ वर्ष पार गरेका वृद्ध बृद्धाहरुलाई दोसल्ला ओढाएर सम्मान गरीएको थियो । कार्यक्रममा सचिव कृष्ण प्रसाद कंडेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष यमलाल गैरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
