मार्ग १९, नेपाली वातवरण ९ महिना गर्मी र ३ महिना जाडो हुने मौषम भएको र यस वर्ष ढिलागरी मार्ग १९ गते देखी मात्र चिसो बढेको छ । चितवन लगायत देशैभरी चिसो वढेको मौषम विभागले वताएको हो । आजदेखी जाडो बढेकाले बजार क्षेत्रमा मानिसको भिडभाड कम देखिएको हो । यस मौषममा चिसो पना बढेसंगै बच्चा र बुढाबुढीलाइ बाँच्न कठिन भएको छ ।चिसो को कारण बच्चाहरुमा निमोनिया लगायतका समस्या आउने कान्ति बाल अस्पतालका बालरोग बिशेषज्ञ गणेश राई वताउनुहुन्छ । चिसो बाट बच्न न्यानो लुगा लगाउनु पर्ने र घरमा न्यानो बातावरण सृजना वनाउनु पर्ने उहाको भनाइ रहेको छ । यस अवस्थाले छिटै तुषारो पर्ने संकेत देखिएको छ भने आलु लगायतका बालीनालीलाई समेत असर पार्ने लक्षण देखिएको छ ।