भरतपुर, असोज २–नारायणी नदीमा पानीको बहाव बढेसंगै भरतपुर महानगरपालिका वडा नंं. २७ र २८ को सिमानमा पर्ने न्यूरे चोकमा बढेको जोखिम अझै कायमै रहेको छ । नदीले मानववस्तीतर्फ करिब ३०० मिटर भन्दा बढी जमिन कटान गरेको वडा न २८ का वडाध्यक्ष आशबदादुर कुमालले रेडियो भरतपुरलाई बताउनुभएको छ । “अहिले नदीको बहाव घटेपनि नदि बस्तिनजिक आइसकेकाले जोखिम कायमै रहेको छ’’ वहाँले भन्नुभयो,’’हाल स्थानीय जनताको सक्रियतामा महानगरको जेसीबि र ट्रिप्परको सहयोगमा जोखिम नियन्त्रणको काम भैरहेको छ ’’। अब ठुलो पानी नपरेको खण्डमा यो बर्ष समस्या नहुने र दिगो समाधानको लागि समयमै महानगर संगै राष्ट्रलेनै समयमै सोच्नुपर्ने वहांको भनाइ छ । पौष र माघ महिनामा मध्यवर्तीले काम गर्न नदिने र फागुन महिनाभरी ठेक्का प्रक्रिया लाग्ने र काम सुरु गर्दा पुनःबर्षात् सुरु हुने भएकाले सरकारले पौष भित्रमै ठेक्का प्रक्रिया सक्नुपर्ने हुन्छ । नारायणी नदिले हरेक बर्ष दुख दिईरहदा पनि सरकार मुखदर्शक बन्दा आफुहरु चिन्तित बनेको वडाध्यक्ष कुमालले बताउनुभयो । कटान नरोकिए भरतपुर महानगरपालिका वडा नं २८ र २७ का सालबास, सिसाबास पर्साबजार, लौखरी, गोलाघाट र अन्द्रौली आसपासका बस्तीहरुमा बाढी पस्ने सम्भावना देखिन्छ । .