पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरुको संगठन अर्थात ओपेकको वैठकले कच्चा तेल उत्पादन घटाउन सहमति जनाएको छ। ओपेकले दैनिक १२ लाख व्यारेल तेल उत्पादन कटौती गर्न सहमति गरेको हो।
ओपेक देशहरुको कच्चा तेल उत्पादनको सीमा करिव ३ करोड २५ लाख व्यारेल तय भएको छ। सन् २००८ पछि पहिलो पटक तेल उत्पादनमा कटौती गरिएको हो।
साउदी अरबका लागि उत्पादन सीमा घटाएर एक करोड ब्यारेल तोकिएको छ भने इरानका लागि ३७ लाख ९७ हजार ब्यारेलको लिमिट तोकिएको छ। इन्डोनेसिया भर्खरै ओपेकबाट वाहिरएकाले उसको हिस्साको सीमा अन्य सदस्य देशहरुलाई बाँडिएको छ।
उत्पादन कटौतीपछि साउदी अरबका उर्जामन्त्री खालिद ए अल फलिहले कच्चा तेलको मूल्यमा स्थिरता आउने प्रतिकृया दिएका छन्। ओपेकले गरेको निर्णयको उद्देश्य कच्चा तेलको मूल्य ५० डलर प्रतिब्यारेल पुर्याउनु हो।