महालक्ष्मी विकास बैंकले गत बर्षको नाफाबाट ८ प्रतिशत बाेनस सेयर दिने भएको छ। हिजो बसेको बैंक सञ्चालक समिति वैठकले वोनस सेयर दिने प्रस्ताव गरेको हो।
बैंकले पारित गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत भइ साधारणसभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउँछन्। बैंकले बाँकी दुई संस्थाको नाफालाई के गर्ने विज्ञप्तिमा खुलाएको छैन।
मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स र सिद्धार्थ फाइनान्स गाभिएर बनेको महालक्ष्मी विकास बैंकले तत्कालिन मालिका विकास बैंकको नाफाबाट यो लाभांश घोषणा गरेको हो।