चितवन,साउन १०
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा सेवा विस्तारको दौरानमा आफ्ना थप दूई शाखा कार्यालयहरु चितवनको रत्ननगर टांडी र नवलपरासीको कावासोतीमा सञ्चालन गरेको छ। कम्पनीको टांडी शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी र कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरे। त्यसैगरी कावासोती शाखा कार्यालयको उद्घाटन नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरे।
उक्त उद्घाटन समारोहमा स्थानीय उद्योगी, व्यापारी, व्यावसायीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो। शाखाको उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए। कम्पनीको आज उद्घाटन भएको शाखाहरु सहित ४० वटा शाखा २ सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु सहित ५२ स्थानबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्ने जानकारी दिए। त्यसैगरी कम्पनीको चुक्ता पुँजीको सम्बन्धमा १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी रु.९७ करोड २० लाख पुग्ने र तत् पश्चात ५ प्रतिशत बोनस शेयर प्रदान गरी कम्पनीको चुक्ता पुंजी १ अरब २ करोड ६ लाख पु¥याईने जानकारी गराउँदै यस आर्थिक बर्ष २०७५र०७६ मा थप १२ शाखाहरु खोली आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने जानकारी गराए। उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहकहरुलाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालयन नक्शालबाट ३६५ दिने बीमा सेवा शुरु गरिसकिएको जानकारी दिंदै कम्पनीले गत आ.ब.२०७४र०७५ मा १ अरब ९२ लाख बीमा शुल्क आर्जन गर्न सफल भएको जानकारी दिए। उक्त आर्जित बीमा शुल्क अघिल्लो आ.ब.को तुलनामा ४४ प्रतिशतले वृद्धि भएको हो।