चितवन,साउन ९
ग्लोबल आइएमई बैंकले मालपोत कार्यालय चितवनको राजश्व संकलन सेवा सुरु गरेको छ । बैंकले चितवनमा रहेको मालपोत कार्यालय परिसरमा काउन्टर स्थापना गरि उक्त कार्यालयको राजस्व संकलन शुरुवात गरेको हो । उक्त काउन्टर बैंकको नारायणगढ शाखा अन्तर्गत संचालन हुनेछ । यसअघि बैंकले यातायात व्यवस्था कार्यालय सतुङगल, यातायात व्यवस्था कार्यालयहरु– गण्डकी अञ्चलको पोखरा, कोशी अञ्चलको इटहरी र नारायणी अञ्चलको वीरगञ्जमा पनि राजश्व संकलन गर्दै आईरहेको छ ।
त्यस्तै बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय र्कीर्तिपुर, अध्यागमन विभाग, उद्योग विभाग परिसर तथा आन्तरिक राजश्व विभागको धरान, जनकपुर, लाहान र तुल्सीपुर, दाङको कार्यालय लगायतका सरकारी कार्यालयहरुमा पनि राजश्व संकलन सेवा प्रदान गर्दै आइरहेको छ ।