जेठ ४–
नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी गठन भएको औपचारिक घोषणा भएको छ । नेकपाको ६ बुँदे घोषणापत्रमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन् ।
राष्ट्रिय सभागृहमा बिहीवार साँझ आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले घोषणा पत्र वाचन गरेर सुनाए । एकता महाधिवेशनसम्म पार्टी दुईअध्यक्षात्मक प्रणालीमा चल्नेछ । ओली र प्रचण्ड दुवै अध्यक्ष रहनेछन् ।
नयाँ पार्टीको ९ सदस्यीय सचिवालय गठन भएको छ । पार्टी महासचिवको जिम्मेवारी विष्णु पौडेललाई दिइएको छ भने नारायणकाजी श्रेष्ठ प्रकाश प्रवक्ता चुनिएका छन् ।यस्तै ४५ सदस्यीय स्थायी समिति र ४४१ सदस्यीय केन्द्रीय समिति गठन भएको छ । दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदनसमेत दर्ता भइसकेको छ ।