जलवायु परिवर्तन र स्वास्थ्य सम्बन्धि सम्मेलन आजदेखि काठमाडौमा सुरु हुँदै छ । जलवायु परिवर्तन र यसले स्वास्थ्यमा पार्ने असरका विषयमा जानकारी दिने उद्देश्यले आजदेखि सम्मेलन हुन लागेको हो ।
स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सम्मेलन आयोजना गरेको हो । सम्मेलनलाई विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले आर्थिक र प्राविधिक सहयोग गरेको छ ।
नेपालमा जलवायु परिवर्तन तथा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको कार्यान्वयनमा आउने अनुसन्धानका निष्कर्ष तथा अन्य जानकारीलाई बाहिर ल्याउन र यो क्षेत्रमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल गर्न सम्मेलन गर्न लागिएको परिषद्का कार्यकारी अध्यक्ष डा अञ्जनी कुमार झाले बताउनुभयो । सम्मेलनमा डाक्टर मेघनाथ धिमालले विभिन्न ९ वटा वैज्ञानिक प्रस्तुति गर्नुहुने छ ।