एजेनसी, ५ चैत – स्पेनिस लिग फुटबलमा बार्सिलोनाको अपराजित यात्रा जारी छ । गएराति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई २-० ले हरायो । बार्साका लागि पाको अल्कासेर र लियोनेल मेस्सीले एक-एक गोल गरे ।
जितसँगै बार्सिलोना प्रतियोगिताको २९ खेलमा अपराजित छ । यी २९ खेलमध्ये बार्सिलोनाले २३ मा जित र ६ वटामा बराबरी गरेको हो । गएरातिका खेलपछि ला लिगाको अंक तालिकामा २९ खेलबाट ७५ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ ।
समान खेलबाट ६४ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ भने तेस्रो स्थानको रियाल मड्रिडको ६० अंक छ ।