उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुनु भएको छ ।
राष्ट्रपतिमा प्रतिस्पर्धा गरेको प्रमुख विपक्षी दल कांग्रेसले उपराष्ट्रपतिमा उम्मेदवारी नदिए पछि उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित हुनु भएको हो ।
उहाँ निर्विरोध निर्वाचित भएको भोलि मात्र घोषणा हुनेछ । दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको छ ।
पुनले राष्ट्रिय सार्वभौमिकता, अखण्डताका र संविधानको संरक्षण एव पालनाका लागि कटिबद्ध हुने बताउनु भएको छ ।
अघिल्लो कार्यकालमा सबै जनता, संघसंस्था र कुटनीतिक नियोगहरुसंग सुमधुर सम्बन्ध कायम राख्न सफल भएको भन्दै उहाँले आगामी कार्यकालमा पनि नेपालको विकासको निमित्त असल सम्बन्ध कायम राख्ने विश्वास व्यक्त गर्नु भयो ।