जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सातौँ स्थानको लागि आज नेपालले नेदरल्याण्डको सामना गर्दै छ । सुपरसिक्समा पर्न नसकेपनि अन्तराष्ट्रिय क्रिकेट इतिहासमा पहिलो पटक एक दिवसीय मान्यता पाएको नेपालले सातौं स्थानका लागि नेदरल्यान्ड्ससँग प्रतिष्पर्धा गर्न लागेको हो ।
यस अघि बिहीबार भएको प्लेअफ खेलमा नेपालले पपुवान्यूगिनीलाई ६ विकेटले पराजित गर्नुका साथै नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएको हो ।
एक दिवसीय खेलमा नेपाल र नेदरल्यान्डस अहिलेसम्म चार पटक आमने सामने भएका छन् । जसमा दुवै टोलीले समान दुई दुई खेल जितेका छन् । आज नै नवौँ स्थानका लागि हङकङ र पपुवान्यूगिनी पनि भिड्दैछन् ।