नारायणी नमुना उच्च माध्यामिक विधालयमा अध्ययनरत ३१ जना नेत्रहिन विधार्थीहरुलाई सेतो छडी वितरण गरीएको छ ।
मण्डला अनलाईन रेडियो कोपनहेगन डेनमार्कबाट संचालन भएको संस्थाले नेपालका नेत्रहिनहरुलाई सेतो छडी वितरण गर्ने अभियान अन्र्तगत बिहिवार छडी वितरण गरेको हो ।
प्रमुख अतिथि प्रमुख जिल्ला अघिकारी डाक्टर मान बहादुर वि के ले यस्तो मानविय कार्यले विदेश गएपछि नेपाललाई बिर्सन्छन भन्ने कथनलाई झुटो सावित गरेको बताउनु भएको छ ।
प्रतिगोटा करिव ७ सय रुपैया लाग्ने सो छडी चितवनमा रहेका २१ सय नेत्रहिनलाई वितरण गर्ने लक्ष्य रहेको समन्वयनकर्ता सोम सापकोटाले बताउनु भएको छ ।
यसपटकमा आएको १ सय छडीहरु बिहिवार नारायण्ी नमुना उच्च मा वि मा वितरण गरिएको हो भने यसअधि चितवनको झुवानी, माडी र नारायणगढमा वितरण गरिएको थियो । यस अभियानको स्थानिय संयोजकत्व लायन्स क्लब अफ लंकुले गरिरहेको छ ।
कार्यक्रममा अतिथि माधव तिमिल्सीना, नारायण सापकोटा, पुर्ण प्रसाद दवाडी लगायतको उपस्थिति रहेको थियो भने क्लबका अध्यक्ष भानुभक्त सापकोटाको सभापतित्वममा कार्यक्रम सम्पन्न भएको थियो ।