२०७४ पौष १४ गते, चित्रवन बचत तथा ऋण सहकारी संस्था लि.को “ बधाई, सम्मान तथा प्रोवेशन ब्राण्डको जानकारी कार्यक्रम” संस्थाको अध्यक्ष श्री भुनव आचार्यको अध्यक्षता, प्रदेशसभा चितवन जिल्ला क्षेत्र नं. ३(क)का माननीय सदस्य श्री कृष्ण प्रसाद भुर्तेलको प्रमूख आतिथ्यता, पूर्व अध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरुको आथित्यतामा मितिसंस्थाको आफ्नै भवनमा कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा उपाध्यक्ष श्री सन्तबहादुर गुरुङ्गले स्वागत मन्तब्यका साथै प्रोवेशन कार्यक्रमका बारेमा छोटो जानकारी गराउनुभएको थियो । कार्यक्रममा यस संस्थाका शेयर सदस्य श्री कृष्णप्रसाद भुर्तेल प्रदेश सभाको सदस्यजस्तो गरीमामय पदमा मिति २०७४ मंसिर २१ गतेको निर्वाचनमा निर्वाचिहुनुभएकोमा यस संस्था अत्यन्त गौरवान्वित भएको र उहाँको सफलकार्यकालको शुभकाना कार्यक्रममा उपस्थित सवैले व्यक्त गर्नुभएको थिया यसै अवसरमा संस्थाले प्रोवेशन ब्राण्ड प्राप्त भएकोमा साह्रै खुसी भएको र सोको साख जोगाउन अझै मेहनत गर्नुपर्नेमा सवैको जोड रहेको थियो । सो कार्यक्रममा प्रमूख अतिथि तथा सम्मानित व्यक्तित्व भुर्तेलज्यूले यस संस्थाले विभिन्न कार्यक्रमहरु सहित नीति विधि र प्रबृधिमा रहि कार्य गरी सामाजिक क्षेत्रमा समेत उल्लेखित कार्य गरेकोमा म आफु यस संस्थाको सदस्य हुन पाएकोमा गर्वको महसुस भएको साथै यसै अवसरमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)र सहकारी विभागबाट संयुक्त नेफ्स्कुनको २६औ साधारण सभामा प्रोवेशन ब्राण यस संस्थालाई प्रदान गर्दा अझ सुनमा सुगन्ध भएको प्रष्ट पार्नुभएको थियो भने सहकारी के हो भन्ने कुरा यस संस्थामा आवद्ध भएपछि बल्ल आफुले बुभ्दै आएको कुरा जानकारी भएकोले यस संस्थाले गरेका हरेका बचत तथा ऋणका कार्यहरु बाहेक सामाजिक कार्यहरु सरारहनीय रहेको र आफुले आफ्नो क्षेत्रबाट यस संस्था लगायत सहकारीको क्षेत्रलाई हर तरिकाले सहयोग पु¥याउने प्रतिवद्धता जनाउनुभएको थियो । सो कार्यक्रममा सञ्चालक समिति, लेखा समिति, विषयगत सल्लाहकार, शिक्षा उप समिति, विभिन्न उप–समितिका पदधिकारी र कर्मचारीहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो ।