मंसिर ३ ,चितवन । लायन्स कल्व अफ काठमाण्डौ ताराका डिष्टीक एजुकेटीभ मेम्बर श्री एक नारायण देवकोटाको प्रमुख आतित्थ्यमा र कल्वका अध्यक्ष श्री राममणी उप्रेतीको बिषेश आतिथ्यमा बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष बिष्णु प्रसाद बिडारीको सभापतीत्वमा चितवन भरतपुर महानगरपालिका वडा नं २७ खयरघारी स्थित नारायणी आधारभुत बिद्यालयमा शैक्षिक तथा स्टेशनरी सामग्री बितरण गरीएको हो। बिद्यालय ब्यवस्थापन समितिको पदाधिकारी र अभिभावकहरुको उपस्थितीमा कार्यक्रम भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य बिद्यालयका शिक्षक महेश्वर ढकालले गर्नु भएको थियो भने अभिभावक तिला शर्मा र बलराम क्षेत्रीले मन्तब्य राख्नुभएको थियो । प्रधानाध्यापक कृष्ण प्रसाद प्रसाई ज्युले बिद्यालयको शैक्षिक गतिबिधिलाई प्रष्ट पार्नु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथी एक नारायण देबकोटाले क्लबको गतिबिधि र कार्यक्रम बारे जानकारी गराउनु भएको थियो । शैक्षिक सामग्री बिद्यालयको प्रागढमा एक कार्यक्रम बिच बिद्यालय ब्यवस्थापन समतिका अध्यक्ष बिडारी र प्रधानध्यापक प्रसाई लाई एक साथ हस्तान्तरण गरीएको हो । उक्त कार्यक्रममा सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर बृद्घि गर्ने उदेश्यले २ थान कम्प्युटर सेट सहित शैक्षिक सामग्री र बिद्यालयमा अध्ययनरत बिपन्न परीवारका ८२ जना बिद्यार्थीलाई स्टेशनरी सामग्री बितरण गरीएको हो । उक्त बिद्यालय भरतपुर महानगर बाट २५ किमीको दुरीमा रहेको बिद्यालय हो । यस बिद्यालयमा आर्थिक रुपले बिपन्न र जनजातीका बिध्यार्थीहरु अध्ययन गर्दै आइरहेका थिए ।