चितवन, ०८ मंसिर । पर्यटकीय नगरी सौराहामा रहेको क्षेत्रिय होटल संघ सौराहाको अध्यक्षमा युवा व्यवसायी सुमन घिमिरे निर्वाचित भएका छन् ।
संघको पदाधिकारीका २९ जनाको उम्मेदवारी परेको १३ जना सदस्यहरु निर्वाचित भएसगैँ घिमिरेको नेतृतवमा २१ सदस्यीय कार्य समिति चयन गरिएको हो ।जसको प्रथम उपाध्यक्षमा दिपक भट्टराई, द्धतीय उपाध्यक्षमा भेषराज दुवाडी, तृतीय उपाध्यक्षहरुमा अञ्जनकुमार पाण्डे र योगेन्द्रनाथ अधिकारी निर्वाचित भएका हुन् । यस्तै महासचिव रामणि खनाल, सचिव दमोदर रेग्मी, कोषाध्यक्षमा श्रीरलाल परियार र सह–कोषध्यक्षमा गंगा गिरी रहेका छन् । भने यस्तै जगतपुर–मे३ौली ईकाइमा सुवोध प्रधान, मकवानपुर इकाइमा भगीरथ खरेल र नवलपरासी इकाइबाट रामसिंह गुरुङ्ग रहेका छन् । यस्तै दुई मनोनित सदस्यहरुमा सूर्यबहादुर रिमाल र दिपक अधिकारी रहेका छन् ।
भने ती आन्त्रीत सदस्यहरुमा गायत्री श्रेष्ठ, ऋृषि तिवारी र वविता चौधरी रहेका छन् । यस्तै सदस्यहरुमा गणेश र्मा पौडेल, लजिक कृष्ण सागर, टिका गिरी, भूपेन्द्र अधिकारी, जीतु तामाङ्ग र प्रकाशचन्द्र भट्टराई रहेका छन् । नव निर्वाचित भएसगैँ अध्यक्ष घिमिरेले व्यवसायिक एकता समग्र पर्यटन विकास नै पहिलो प्रथामिकता भएको बताएका छन् । उनले सौराहासगैँ समग्र पर्यटन क्षेत्रको विकासका लागि एकिकृत विशेष कार्ययोजना सहित अगाडी बढ्ने जानकारी गराए । घिमिरे पर्यटनसगैँ सहित्यमा पनि रुचि राख्ने व्यवसायी हुन् । उनले हालै मात्रै प्रकाशित गरेको मौनता उपयन्साय यतिवेला चर्चामा पनि छ । संघमा यसरी युवा नेतृत्व आएको यो पहिलो पटक हो ।
श्रोत ः सौराह अनलाइन