२४ कात्तिक, नवलपरासीको सुक्रौलीमा स्कुल बस दुर्घटना भएको छ । चितवनको भरतपुर महानगरपालिका–१६ स्थित देवज्योती आधारभुत विद्यालयका विद्यार्थी बोकेर शैक्षिक भ्रमणमा हिँडेको बस दुर्घटना हुँदा हुँदा ४० जना विद्यार्थी घाईते भएका छन् । बस बिहान १० बजे दुर्घटनामा परेको हो ।
भुमही भैरहवा सडकखण्ड अन्तर्गत रामग्राम–१५ सुक्रौलीमा बसको पट्टा भाँचिएर अनियन्त्रित हुँदा सडक छेउमा रहेको खाडलमा खसेको प्रहरीले जनाएको छ ।
घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेकाले उपचारका लागि भरतपुर पठाइएको छ । सामान्य घाइतेको जिल्ला अस्पताल परासीमा उपचार भईरहेको छ । शैक्षिक भ्रमणका लागि विद्यार्थी लुम्बिनी जाँदै थिए ।
श्रोतः टीभी अन्नपुर्ण