रबिन्द्र अधिकारी , भरतपुर महानगरका नव निर्वाचित पदाधिकारी लाइ बधाइ तथा सम्मान कार्यक्रम भरतपुर बिमानस्थल पिडित सघर्ष समिति भरतपुर १०को आयोजनामा नवनिर्वाचित भरतपुर महानगरपालिकाका मेयर उपमेयर वडाध्यक्ष र वडा जनप्रतिनिधिहरुलाई बधाइ तथा शुभकामना कार्यक्रमको आयोजना गरी सम्मान गरे । भरतपुर १० स्थित परमाङ्गी टोलमा रहेको निमार्ण ब्यवसायी संघमा भएको
एक कार्यक्रम स्थानिय टोलबासीको ब्यापक उपस्थितीमा सम्मान गरीएको हो ।कार्यक्रम संचालन रामचन्द्र लम्सालले गर्नु भएको थियो भने कार्यक्रमका सभापती भरतपुर बिमानस्थल पिडित सघर्ष समितिका अध्यक्ष तथा युनिक टोल सुधार समितिका अध्यक्ष श्याम कुमार गिरी र प्रमुख अतिथि महानगरपालिकाका प्रमुख रेणु दहाल उपप्रमुख पार्वती शाह र बिशेष अतिथि बडा नं १० का वडाध्यक्ष अरुण पिडित भण्डारी रहनु भएको थियो बुधबार बेलुकी ५ बजेदेखी शुरु भएको कार्यक्रममा खानाको प्रवाह नगरी टोलबारी कार्यक्रममा पुर्ण सहभागीता जनाएका थिए ।
भरतपुर विमानस्थल मापदण्ड विपरित निर्माण भएका भौतिक संरचना सम्बन्धमा राय सिफारिस सहितको प्रतिवेदन गर्न गठित समितिले २०७१ जेठ ११ गते २ सय ५७ घरहरु मापदण्ड विपरित बनेको उल्लेख गरेको थियो । विमानस्थलको पश्चिमतर्फ ५० मिटर आसपासमा ८९ घर, २ सय ५९ मिटरभित्र दक्षिणतर्फ ६७ र ४ सय ५९ मिटरमा १ सय १ घरले मापदण्ड विपरित बनेको उल्लेख छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा ७ को उपदफा १ र २ विपरित घर बनेकाले सो घरहरु हटाउन सुझाव दिएको थियो ।
यस कार्यक्रम मा भरतपुर बिमान स्थल वरीवरी रहेका टोलहरुलाइ बिमान स्थलले पु्याएको पिडामा सरोकारवालाहरुले गरीएको गतीबिधि समेटेर तयार पारीएको फाइल सघर्ष समितिका अध्यक्ष श्याम कुमार गिरीले वाचन गरी सुनाउनु भएको थियो भने नमुना टोल बिकाश समितिका अध्यक्ष हरीषचन्द्र धिमीरेले महानगरका प्रमुख उपप्रमुख र १० वडाका वडाध्यक्ष लाई बितरण गर्नु भएको थियो । स्वस्तिक टोल बिकाश संस्थाकी अध्यक्ष शारदा पौडेल खनालले बिदेशको ५०÷५५ डिग्रीको तापक्रममा परीश्रम गरी पसीना चुहाएर कमाएर ल्याएको तथा बाबु बराजेको झिटी बेची किनीएको थोरै घडेरीमा राज्यले कही वर्षदेखी बिमानस्थलको मापदण्ड बिपरीत भन्दै घर बनाउन रोक लगाउनु र बैंक तथा बितीय संस्थामा धितो नलिनु साहैं दुखको कुरा भएको बताउनु भएको थियो । सघर्ष समितीका सल्लाहाकार कृष्ण राज कडेलले पहिले बस्ती र बिमान स्थल दुबै रहेको नगरपालिकाले पनि नक्सा पास दिदै आएकोमा गणतन्त्र आए पश्चात बिशेष गरी ०६९ साल अघि उही नगरपालिकाले बिमानस्थल वरीपरी नक्सापास शुल्क लिदै नक्सापास दिने ०६९ पछी नगरपालिकाका तिनै प्राबिधिकहरुले बिमानस्थलको मापदण्ड ऐन बिपरीत भयो भन्दै नक्सापास रोक्ने यो प्रबृती नै खराब भएको वताउनु भयो साथै उहाँले पहिले हवाइ बिभाग र नागरिक उड्ययन कार्यलय बिच भएको सहमती नारायणगढ तर्फ बाट अवतरण गर्ने र उतै बाट उडान गर्ने भन्ने रहेकोमा आजकल बिमानका चालकले जतापायो उतै अबतरण र उडान गर्ने थाले देखी यो समस्या आएको जिकिर गर्नुभयो उहाँ भन्नुहुन्छ हामीले ले राजस्व तिरेरै जग्गा खरीद ग्यौ मालपोत तिरीरहेका छौ घर बनाउदा नक्सा पास गरी बनाएका छौ तर बिमानस्थल कार्यालयले जे मन लाग्यो तेही गर्न नपाउने र बिमानको हालको रुट नै अबैधानिक रहेको जिकिर गर्नु भयो । कार्यक्रममा नमुना टोल बिकाश का स्थानिय बासी अधिबक्ता गंगा कोइराला नगरपालिकाले स्थानियलाइ अन्याय गरेको दाबी गर्नुभयो अर्का सल्लाहाकार घनश्याम भट्टराईले रिजालचोकमा बन्दै गरेको भबनलाई इकित गर्दै राज्यले ठुलाबडालाइ कानुन नलाग्ने र निमुखालाइ मात्र कानुनलाग्नु बिडम्वना हो भन्नु भयो बिमानस्थलले स्थानियबासीलाइ पिडा दिएको वताउनु भयो । बडाका नबनिर्वाचित सदश्य तथा सघर्ष समितिका प्रबक्ता बलराम केसीले हामी धेरै पटक यस बिषयमा धायौं तर कहि कतै बाट सुनुबाइ भएन अब हाम्रो २० वर्ष पश्चात भएको स्थानिय सरकारले नै यसको टुगो लगाउनु पर्ने जिकिर गर्नु भयो ।
स्थानियबासी स्थानान्तर हुन पदैन भए बिमानस्थल र ब्यारेक हुन्छ ।
भरतपुर वडा नं १० का नवनिर्वाचित बडाध्यक्ष अरुण पिडित भण्डारी यि सबै समस्या कर्मचारीतन्त्रले गरीएको हो अब स्थानिय सरकार आएको छ हामीनै स्थानियबासीको घाउमा मलम पट्टी लगाउने छौ तपाइहरुको वर्षाै देखी भएको अमिलो पिडा यसैवर्षको विजया दशमीमै खुशीयाली छाउने गरी निर्णय गरीने आश्वासन दिनु भयो । उहाँले भन्नु भयो यस अघि रोकिएको बिजुली र पानी पद बहाली सगै सिफारीस खुल्ला गरीएको हुदा बत्ती र पानी बाट कोही वन्चीत हुनु पर्दैन भन्नु भयो उहाँले त्रिचोक देखी चौबिस कोठीको बाटो अण्डर ग्राउड गर्ने र बिरेन्द्र क्याम्पस देखी रिजालचोक सम्म अण्डर ग्राउण्ड पार्किङ्ग सहित माथी सटर निमार्ण गर्ने स्थानियबासीलाई स्थानान्तरण नगरीने गर्नु परे बिमानस्थल र सैनिक ब्यारेक स्थानान्तरण गरीने जिकिर गर्नु भयो । स्थानियबासीको जग्गामा कहि कतै कुनै घुनपुत्लो लाग्न नदिने प्रतिबद्घता ब्यक्क्त गर्नु भयो ।
महानगरकी उपप्रमुख पार्वती शाहले मतदाताको मर्म नै हाम्रो मर्म भएकाले स्थानियबासीको सहयोग बाटै महानगरको बिकाश गरीने बिचार ब्यक्त गर्नु भयो ।
यस्तै महानगरकी प्रमुख रेणु दहालले बिमान स्थलले दिएको पिडा सामान्य जानकारी भएपनी आज यस कार्यक्रमबाट घेरै मतादाता टोलबासीको तर्फबाट संस्थागत रुपमा जानकारी गराइनु अबश्य पनि सानो पिडा होइन। भरतपुर कोर सिटी भएकोले बिमान स्थल यती ब्यस्त शहरको बिचमा रहन राम्रो नहुने उहाको तर्क रहेको थियो । यस समस्यालाइ आगामी बैठकमा बिस्तृत छलफल गरीने अल्पकालिन र दिर्धकालिन समस्याको बाटो खोजिने छिट्टै कार्यान्वयन तर्फ लागिने बिचार राख्नु भयो ।